अण्डामा मूल्यवृद्धि
माघ १२, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघले मूल्य बढाएपछि बजारमा कालोबजारी बढ्न सक्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन टोली खटाएको छ ।
एक साताअघि मात्रै मूल्य घटाएको संघले माग बढेको भन्दै आइतबारदेखि लागु हुनेगरी मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार ठुलो अण्डाको फार्म मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढेर ४९५ रुपैयाँ पुगेको छ । यसअघि ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।



तपाईको प्रतिक्रिया