नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेल
माघ १२, काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा चन्द्रकला पौडेललाई जीम्मेवारी दिएको छ ।
हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि पौडेलले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको हैसियतमा कामकाज गर्नुहुनेछ ।



तपाईको प्रतिक्रिया