कस्ता व्यक्तिले कति मात्रामा नुन खाने ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
कस्ता व्यक्तिले कति मात्रामा नुन खाने ?

Share

नारीकोसिस डटकम । नुन दैनिक जीवनमा प्रयोग हुने एक पर्थाथ हो । समान्यतया नुन विना तरकारी मिठो नहुने यात स्वादमा फरक हुन्छ । सम्भवत  नुनको प्रयोग नगर्ने मान्छेहरु कमै मात्र होलान् । नुन शरीरको लागि चाहिने अति आबश्यक तत्व हो । नुनले शरीरलाई शक्ति प्रदान गर्दछ । मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम नसा र मांशपेशी सञ्चालन तथा तन्दुरुस्त राख्न अति आवश्यक पर्छ । तर, उच्च रक्तचाप तथा ‘हाइपर टेन्सन’ बिरामीका लागि नुन बढी सेवन गर्नु हानिकारक हुन्छ । किनकि नुन बढी भएमा मिर्गौला, मुटु र रक्तचापसमन्धी रोग बढ्ने खतरा हुन्छ।

एउटा स्वस्थ व्यक्तिले दैनिक सबै खानामा गरी १० ग्राम अर्थात् दुई चिया चम्चा नुनको प्रयोग गर्न सकिन्छ। उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, कलेजोको सिरोसिस भएका बिरामीहरूले भने दैनिक पाँच ग्राम अर्थात् एक चिया चम्चा मात्र सेवन गर्न सकिन्छ। चिकित्सका अनुसार नुनको प्रयोग बढी भएमा मिर्गौलामा पत्थरी हुने र रक्तचाप बढ्ने समस्या आउँछ ।

तपाईको प्रतिक्रिया