माग्यो नेपाल टेलिकमले ठूलो संख्यामा कर्मचारी

कोशिस मल्टिमेडिया
१ दिन पहिले

Share

माध १६, काठमाडौं । नेपाल टेलिकमले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । टेलिकमले शुक्रबार एक सुचना जारी गर्दै ८० जना कर्मचारी माग गरेको हो ।

टेलिकमले उप प्रबन्धक (टेलिकम) २ जना, उप प्रबन्धक (प्रशाशन) १ जना, बरिष्ठ इन्जिनियर २ जना, बरिष्ठ प्रशासकिय अधिकृत १ जना, बरिष्ठ लेखा अधिकृत ३ जना, टेलिकम इन्जिनियर (कम्प्युटर) ५ जना, टेलिकम इन्जिनियर (इलेक्ट्रिकल) १ जना, इन्जिनियर (सिभिल) १ जना, सहायक प्रशासकिय अधिकृत ६ जना, सहायक लेखा अधिकृत ३ जना, ओभरसियर २ जना, सहायक २३ जना, टेलिकम टेक्निसियन १२ जना र जुनिअर टेक्निसियन १८ जना माग गरेको छ ।

परीक्षा दस्तुर ८ र ९ तहका लागि आठ सय ६ र ७ तहको लागि सात सय ४ र ५ तहको लागि पाँच सय र ३ तहको लागि तीन सय रूपैयाँ लाग्नेछ। समावेशी समूह ६, ७, ८ र ९ तहका लागि दुई सय र ३, ४ र ५ तहका लागि एक सय रूपैयाँ लाग्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

 

 

तपाईको प्रतिक्रिया