कागेश्वरी मनोहरा समृद्धिका लागि दिर्घकालिन सोच निर्धारण कार्यशाला गोष्ठि सम्पन्न

कार्तिक १८, काठमाडौ । नेपाल सरकार–शहरी बिकास मन्त्रालय, शहरी बिकास तथा भवन बिभागको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाको एकिकृत शहरी विकास योजना – IUDP अन्तर्गत दुई दिने “दिर्घकालिन सोच निर्धारण कार्यशाला गोष्ठि” नगरकोटमा शनिवार सम्पन्न भएको छ । उक्त कार्यशाला गोष्ठिमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्ण हरी थापा, उप–प्रमुख विन्दु पुडासैनी सिंखडा, प्रतिनिधिसभा सभा सदस्य दिपक प्रसाद कुईकेल, क्षेत्र नं. ३ को प्रदेशसभा सदस्य रामेश्वर फुयाल, विभिन्न पाटिका प्रतिनिधि, सोही नगरपालिका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत, विषयगत प्रस्तोता विज्ञ लगायत कर्मचारीहरुविच बृहत्त छलफलका साथ कार्यशाला गोष्टि सम्मन्न भएको हो ।
गोष्ठिमा मुख्यतया: कोगेश्वरी मनोहरा नगपालिकालाई पुरातनवादी सोचलाई परिवर्तन गरी समृद्ध नगर विकासका लागि दिर्घकालिन रुपमा कसरी समृद्ध बनाउने भन्ने सवालमा कृषि, आवास र पर्यटनका विषयमा बृहत्त छलफल भएको थियो । उक्त कार्य आयोजना सम्पन्न गर्न सल्लाह सुझाव सहित दिर्घकालिन कृषि क्षेत्रको विकासमा गर्न सकिने चुनौती र सम्भावनाका विषयमा कृषि सम्बन्धी कृषिविज्ञ खड्का भक्त पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए भने शहरी योजना, जग्गा तथा आवास आवास विज्ञ ईश्वर जोशीले शहरीकरणलाई कसरी व्यवस्थित गर्न सकिन्छ र इन्जिनियर किशोर श्रेष्ठले कस्ता जमिनमा कस्ता भवन निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने विषमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
विज्ञहरुकोे प्रस्तुत कार्यपत्रमाथि सहभागीहरुले आवास र पर्यटन विकासलाई कृषि साहयक बन्न सक्ने भएकाले दिर्घकालिन विकासका लागि आवास र पर्यटन विकासलाई अघि सार्न आर्थिक, समाजिक, धार्मिक, साँकृतिक पक्षलाई जोड दिनुपर्ने सुझाव दिएका थिए । साथै कागेश्वरी नगरपालिकासँग जोडिएको अन्य नगरपालिका गोकर्णेश्वर नगरपालिका, शंकारपुर नगरपालिकासँग सहकार्य गरी कार्ययोजना अघि बढाएमा एकिकृति शहरी विकास योजना अन्र्तगत कागेश्वरी नगरपालिकालाई नमुना नगरपालिका बनाउन सकिने गोष्टिमा सहभागी प्रतिनिधिसभा सभा सदस्य दिपक प्रसाद कुईकेल, क्षेत्र नं. ३ को प्रदेशसभा सदस्य रामेश्वर फुयाल लगायत अन्य सहभागीले राय सुझाव दिएका थिए ।
विज्ञ र सहगागिताहरुविचको बृहत्त छलफल र सुझावपश्चात सिटी हल, वषपार्क कृषि बजार, शित भण्डार योजना अनुमोदनका प्रस्तावित विस्तृत प्रतिवेदन आयोजना अघि सारिएको थियो । गोष्ठिले शहरी बिकास तथा भवन बिभागवाट ३०–३० करोडको २ वटा ठुला आयोजनाको छनोट र नगरपालिकाको तर्फ वाट ३०–३० करोडको २ वटा गरि ४ वटा आयोजना छनोटका लागि स्थलगत अध्यनगरी ५ महिना भित्र नगरपालिकामा बुझाउने गरि आयोजक संस्थासँग सहमतीका साथ गोष्ठि सम्पन्न भएको नगरपालिका नगर प्रमुख कृष्ण हरी थापाले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया