नेपालको पहिलो नौमति महिला पन्चेबाजा समूह

कोशिस मल्टिमेडिया
३ दिन पहिले

Share

 

 

निर्मला सापकोटा सन्जेल /हाम्रो नेपाली समाजमा नौमती पन्चेबाजालाई पुरानो बाजाका रुपमा लिइन्छ । विवाहा वर्तबन्ध जस्ता विभिन्न धार्मिक कार्यका लागि शुभ साइतका रुपमा  यस्तो बाजा बजाउने चलन छ । जसले गर्दा हामीलाई उत्साहा र खुसीयाली भरी आन्नद प्रदान गर्दछ । नौमती पन्चेबाजा भित्र सहनाइ, नरसिंगा, ढोलक, दमाहा, झ्याली, झुर्मा र टयाम्को जस्ता बाजाहरु पर्दछन् ।

कुनै पनि शुभ कार्यमा पञ्चे वा नौमती बाजा बजाउदा शुभ र फलदायी हुने किम्बदन्ती रहेको पाईन्छ । जसले गर्दा यसको महत्व विशेष छ । यसको धार्मिक महत्व त छदै छ साथै यो बाजाको धुनले कुनै पनि शुभ कार्य अझ रमाईलो बनाईदिन्छ । जसले गर्दा यो हाम्रो साँस्कृतिक परम्परालाई जोगाउन आवश्यक छ ।

गोर्खा फुजेल -३, निवासी सामाजिक अभियान्ता जानुका पौडयालले  “महिलाहरु पनि घरको चुलोचौको समाल्दै पुरुष सरह कामकाज गर्न सक्छन् , उनिहरुको सिप विकास गर्नको लागि उचित वातावरण बनाई हौसला प्रदान गरी महिलालाई आर्थिक रुपमा सबल बनाउनु पर्छ भन्ने सोच र लोप हुँदै गएको कला संस्कृतिलाई जर्गेना गर्ने उदेश्य लिएर २०६९ साल चैत्रमा ‘नौमति महिला पन्चेबाजा समूहु’  स्थापना गरिएको  बताउँनु भयो ।”

यसै गरी समूहका ग्रुप लिडर कल्पना परियार बताउनुहुन्छ “हाम्रा गाँउघरमा पूर्खाले बजाउने नौमती बाजाका पुराना रागहरु हराउँदै गर्दा यसलाई कसरी संरक्षण गर्न सकिन्छ । आम आत्मा निर्भर बन्न चाहाने महिला दिदि बैनिलाई यस पेशामा कसरी आर्कषित गर्न सकिन्छ भनेर हामी शुरुवाती दिन देखि लागपरिरहेका छौ । र यो यात्रामा यहाँसम्म आइपुग्दा हाम्रो कामलाई अत्यन्तै रुचाई दिनुभएको छ खुशी लाग्छ ।”

 यस समूहकी अध्यक्ष राममाया सिर्मल परियारका अनुसार “सबै जातजातिलाई यस पेशामामा समान अवसर प्रदान गराईको र बार्षिक रुपमा एकजना महिलाले पारीश्रमिक वापत रु. ४ लाख सम्मको आम्दानि प्राप्त गर्दै आइरेको  कुरा हामीलाई जानकारी गराउनु भयो  ।”

 बाजा सिक्ने सिपलाई विकास गरी सो सिपलाई पेशाका रुपमा कार्यरत ढोलककी बाध्यबादक प्रमुख कोपिला परियारले ” यो नौमती बाजा बजाउने सिप र यस बापत पाउने पारिश्रमिक सँग अत्यन्तै सन्तुष्ट रहेको नारी कोसिस डटकमलाई बताउनु भएको हो ।”

यस नौमति पन्चे बाजाका प्रशिक्षक हरि नेपाली भन्नुहुन्छ -“हरेक बाजाका कोर्सहरु फरक फरक हुन्छन् ।  ३ महिने बेसिक कोर्स, ६ महिने एडभान्स कोर्स र ९ महिने डिप्लोमा कोर्सहरु रहेका छन्।ती कोर्सहरु व्यक्तिको क्षमता अनुसार सिकाईमा ठिलो र छिटो हुन्छ । यति सिकेर तपाई स्वदैशमै स्वरोजगार बन्न् सक्नुहन्छ । देश बाहिर रहनुभएका नेपालीललाई पनि अनलाइन कक्षा मार्फत यो सिप सिकाइने कुरा उहाँले बताउनु भयो ।”

यस नौमती पन्चेबाजा महिला समहुमा बाध्य/बादक, गायन, नृत्य जस्ता विविध क्षेत्रमा कलाले सजिएका महिलाहरु अपसना परियार,भिमकुमारी श्रेष्ठ,राममाया सिर्मल परियार, कल्पना परियार, कोपिला परियार ,रन्जिता परियार,आशा परियार, कल्पना सुनाम रन्जु देउला, प्रतिभा मगर,सबु सरगम, शर्मिला तामाङ, सरला परियार, गंगा मगर ,कल्पना परियार, गिता विक रहेका छन् ।

सम्पकर्को लागि पन्चेबाजा नेपाल प्रा. ली
राम परियार
९८५१३४५०३७

तपाईको प्रतिक्रिया