एक खुट्टाले नाचेर छितिजपारी सम्मको उडान भरेकी रोमा

कोशिस मल्टिमेडिया
१४ घण्टा पहिले

Share

 

एउटा ढुङ्गा त्यतिबेला देवता बनेर सवत्र पुजिन्छ । जतिखेर त्यसले मुर्तिकारको कयौ ठोकाईबाट देवताको मुर्त रुप प्राप्त गर्छ । खानी भित्रको कोइलाले अधिकतम राप र ताप सहेपछि हिरामा परिणत हुन्छ ।  त्यस्तै कठिनायीलाई सहस्र स्विकार गरेर संभावनाको खोजिगरी आत्मा विश्वासको पखेटाले छितिजपारी   सम्मको उडान भरेकी एक साहसीली उदाहरणिय  पात्र हुन् रोमा। 

 ८ बर्षको कलिलो उमेरमा सडक दुघटनामापरि आफनो शरीरको महत्वपूर्ण अंग बाया खुट्टा गुमाएकी रोमा वि .सं २०३६ साल मंसिर १५ गतेका दिन आमा विन्द्रा न्यौपाने र बुवा सत्य प्रकाश न्यौपानेको कोखबाट काइलि छोरीका रुपमा सुनसरीको इटहरी अबस्थित बसपार्क भन्ने ठाँउमा जन्मिएकी हुन् । ६ जना छोरी र  १ जना छोरा भएको उनको परिवारको आर्थिक अवस्था निक्कै कमजोर थियो । बुबा ड्राइभर पेशा र आमा चिया पसल गरेर परिवारको गर्जौ टारिएको थियो । “त्यहि बेला मेरो दुर्घटनाले परिवारमा अर्को दु:खको भार थपियो । कक्षा एकमा पढदै गर्दा भएको यो अप्रत्याशित घटनाले एक बर्ष सम्म  विद्यालय जान सकिन । साथीभाइ सँग हास्ने खेल्ने उमेरमा घरभित्रका भित्ताहर हेरेर बस्नु पर्यो । त्यो अत्यासलाग्दो पल सम्झदै उनले आँखाभरी आशु टिलपिलाउँदै बताइन् “।

एक बर्षको आरामपछि उनि हौसल्लित हुँदै विधालय जान थालिन् । तर पहिलाको जस्तो साथीभाईको मायालु व्यवहार पाइनन् । जसले गर्दा उनि साथी बिहिन हुन्थिन् । उनको मन खिन्न र निराश हुन्थियो। “पिडा बोधको लामो सास फेर्दै एकटक टोलाएर  विद्यालयका ती विताएका दिनहरुको बारेमा सुनाइन् ।”

नियतिले मानिसलाई जे जस्ता परिस्थिति सिर्जना गराएपनि सम्यम र धर्यताले जीवनमा धेरै कुरा हासिल गराउँछ । सानै देखि नृत्यमा अत्यन्तै रुचि राख्ने रोमाले कक्षा १० सम्म अध्ययन गर्दै गर्दा घरमा बसेको बेला टि भी हेर्दै नृत्य अभ्यास गर्थिन् । यसरी अभ्यास गर्दा कहिले घरको भित्ता समातेर त कहिले खाट समातेर नाच्ने अभ्यास गर्थिन् । उनले नृत्यलाई हरेक फुर्सदको क्षण आफ्नो सबैभन्दा नजिकको साथी बनाएको अवगत गराउँदै उनि भन्छिन् “त्यो बेला नृत्य अभ्यास क्रममा कयौचोटि लडेको अझै स्मृतिमा ताजै छ” । 

एस .एल .सी परिक्षा सकेर उनि उच्च शिक्षा लागि बगरेल्ती सपनाको पोको बोकेर काठमाडौँ प्रवेश गरिन ।काठमाडौँमा शुरुवातका दिन निक्कै कठिन दिनहरु थिए । हसिली र फरासिलि रोमा साथीभाइ सँग छिट्टै घुलमिल हुन्थिन्। त्यसै बेला साथी मार्फत प्रज्ञा प्रतिष्ठानमा ठूलो स्टेजमा पहिलो नृत्य प्रस्तुत गर्ने अवसर पाइन् । जहाँ केहि मानिसबाट नृत्यमा प्रभावितभई रु ८ सय प्राप्त गरिन् । “त्यो रकम प्राप्त गरेको समय जीवनको सबै भन्दा सुखद क्षण थियो भन्दै खुसीले पुलन्कित हुँदै उनले नारी कोसिस डटकमलाई बताइन् ।” 

आफनो क्षमतालाई आत्मा विश्वासको पखेटा लगाएर नेपाल लगायत अन्य १८ वटा मुलुकमा आफनो नृत्य प्रस्तुत गरेर चकित पारिदिइन् । “स्टेजमा पुगेपछि शरीरका रौं- रौंमा शक्ति भरिएको अनुभुति गर्ने उनि भन्छिन जहाँ इच्छा हुन्छ त्यसलाई निरन्तर अभ्याास गरियो भने हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न कसैले रोक्न सक्दैन भन्दै अत्यन्तै महत्वपूर्ण कुरा बुझाइन्।”

आज  उनले  कसैसँग उनले हात थापेर बाच्नु परेको छैन । बरु दु:खी असायहरुलाई सहयोग नै पुर्याएर बाच्न पाएकोमा गर्व गर्छिन् ।  “हामी महिला हौ भनेर आफुलाई कमजोर सोचेर शरीरका केहि अंग गुम्दैमा चिन्तित रहेर बस्नु हुदैन भन्ने कुरामा उनि जोड दिन्छन् ।”

करिव ४ बर्षको लभ अफियर पछि चिरन्जीवि पोखरेल सँग उनले मन्दिरमा गएर विहे गरिन् । श्रीमानले घरपरिवारलाई यसरी उनि सँग विवाहा भएको कुरा जानकारी गराउँन सकेका थिएनन् । केहि समय पछि श्रीमान बिदेश जानु पर्ने भयो । बैबाहिक समबन्धका कागजपत्र बनाउने कामले घर जानु पर्ने हुँदा बल्ल घरपटिका परिवारले थाहा पाए । पहिला शुरु शुरुमा स्विकार गर्न निक्कै गारो माने । तर उनि आफ्नो काम देखि  घरको सबै कामकाज अरुले जस्तै सहजै गर्थिन् साथै  सानालाई माया र ठूलालाई आदार गर्ने शिलस्वभाव देखेर उनिप्रति परिवारको हेर्ने दृष्टिकोण बदलियो । “आज त्यहि परिवार र श्रीमानको साथ सबैभन्दा बलियो आधार बनेको छ भन्दै प्रफुल्ल हुँदै बताइन् ।”

अहिले उनका १७ बर्षका एक छोरा छन् । उनि पनि नाच्नमा उतिकै सिपालु छन् । उनको सबैभन्दा नजिकको साथी बनेका छोरालाई लिएर विभिन्न कार्यक्रममा जाने गर्छिन् ।

आफुले आफुलाई अन्तरमनबाट चिनेर दु:खलाई नजिकबाट अंगालेर आफुलाई रुचि लागेको कुरामा खारिन सकियो भने यो जीवन हरेक पल उत्सवमय हुन्छ भन्ने कुराको वास्तविक बोध गराएकी रोमाले पहिलो “मैदान “फिल्ममा अवसर प्राप्त गरिन्। त्यस बाहेक अन्य टेलि सिरियलमा पनि खेलेकी छन् ।

पहिलो फिल्म खेलेपछि बुबालाई देखाउने खुब इच्छा थियो । तर बुबाको दु:खद निधनले त्यो अधुरो रयो । “बुबा गुमाउँदाको पल मलाई सबैभन्दा दु:खद क्षण लाग्छ भन्दै हामीलाई भक्कानिदै सुनाइन् ।”

अहिले सम्म उनले यूवा प्रतिभा पुरस्कार २०७२,अष्ट सम्मान लगायत दर्जनौ पुरस्कारबाट सम्मानित भएकी छन् ।
यस्ती साहसिली महिलाको नृत्य प्रस्तुतीको लागि विधालयको बार्षिक उत्सव, विभिन्न सघं संस्थाको मनोरन्जनात्मक कार्यक्रम, महोत्सव तथा मेलामा हामी सबैले एकचोटी अवसर दिन नचुकौ । उनको नृत्य हेरेर तपाई हामी सबैले हामी भित्रको साहसलाई नजिकबाट नियाल्न सक्छौ ।उनको जीवनको बाकी सफर उत्साह र हौसल्लाले अझ भरिपूर्ण रहोस । 

तपाईको प्रतिक्रिया