नेकपा एमालेको निर्वाचन परिचालन घोषणा कार्यक्रम सम्पन्न

कोशिस मल्टिमेडिया
८ घण्टा पहिले

Share

निर्मला सापकोटा सन्जेल /कागेश्वरी मनोहरा वडा नं-९, नेकपा एमालेको कमिटि द्धारा आयोजित निर्वाचन परिचालन घोषणा कार्यक्रम काठमाण्डौ क्षेत्र नं- २, का प्रतिनिधि सभा सदस्य मणिराम फुयालको प्रमुख आतिथ्थतामा सम्पन्न भएको छ । 

उक्त कार्यक्रमको सभाअध्यक्षता सोहि वडाका कमिटि अध्यक्ष सविन दाहालले गर्नु भएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि भूमिकाममा रहनु भएका मणिराम फुयालले आफु एउटा स्पष्ट विचाराधारा भएको व्यक्ति र शिक्षाको ज्योति  धेरै विधार्थी माझमा फैलाई सकेकोले  सबैलाई उज्यालो भविष्यतर्फ उन्मुख गराउँने हिम्मत रहेको हुँदा चुनावी मैदानमा उत्रेको बेला  हौसल्लाले जित्ने तौरतरिका अपनाउँन निर्वाचन परिचालान कमिटिलाई आग्रह गर्नु भयो ।

फुयालले विगतमा पार्टी भित्र भएका कमि कमजोरी सच्याउँदै भावि पुस्ताले उत्कृष्ठ लाभ उठाउँने भिजन सहितको नेतृत्व गर्ने कुरा जानकारी गराउँनु भयो ।

त्यसैगरी प्रथम मेयर कृष्णहरी थापाले मणिराम फुयाल एक अब्बल व्यक्ति रहेको हुँदा वहाँको जितलाई सुनिश्चित गर्न हामी सबै काठमाण्डौ क्षेत्र नं- २बासी एकजुट भएर लागि पर्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा यसै कागेश्वरी मनोहरा नगरपालिकाकी उप-प्रमुख शान्ता थापाले मणिराम फुयाल सबैको ढुकढकीलाई छुन सक्ने र यस काठमाण्डौ क्षेत्र नं- २ को सम्पुर्ण समस्याको जानकार व्यक्ति भएकोले वहाँलाई जिताउँदा हामी सबैको जित हुँने कुरा अवगत गराउँनु भयो ।

शंखरापुर नगरपालिकाका प्रथम मेयर श्रुवर्ण श्रेष्ठ ,क्षेत्रिय निर्वाचन परिचालन कमिटिका संयोजक महेन्द्र लाल श्रेष्ठ ,राष्टिय यूवा संघको पूर्व उपाध्यक्ष कृष्णहरी के .सी, प्रदेश कमिटि सदस्य भगवान दाहाल लगायत विभिन्न तहमा नेतृत्व गर्ने व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया