विकास प्रेमी मणिराम फुयाललाई सबैको अनिवार्य मतदान किन

कोशिस मल्टिमेडिया
५ घण्टा पहिले

Share

निर्मला सापकोटा सन्जेल /शालीन स्वभाव र बौद्धिक व्यक्तित्वका धनी  मणिराम फुयाल  काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य  हुन् । उनि अब्बल राजनितिजिक व्यक्तित्व र यस क्षेत्रको सम्पुर्ण समस्यालाई नजिकबाट नियालेको व्यक्ति भएकाले यस क्षेत्रका मतदातामा नयाँ आशा र उत्साहा पलाएको छ। 

 शिक्षाशास्त्रमा स्नातकोत्तर र बाणिज्य शास्त्रमा स्नातक गर्नु भएका मणिराम फुयाल वि सं २०२२ साल माघ २९ गते कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं- ६ ,( साविक मूलपानी गा.वि.स मा )मध्यम परिवारमा जन्मनु भएको हो । वि.सं. २०४९ सालदेखि शिक्षण पेशामा प्रवेश गरी सुयोग्य अध्यापकका रुपमा विभिन्न तहको भूमिका निभाउनुको साथै   वि.सं.२०६५ सालदेखि २०७३ चैत्रसम्म नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय मूलपानीको प्रधानाध्यापक र प्राचार्यको जिम्मेवारी निर्वाह  गरी धेरै विधार्थीहरु माझमा शिक्षाको उज्यालो प्रकास फैलाई सक्नु भएको छ । 

निडर र स्प्रष्ट विचारधारा भएका फुयाल  प्रधानाध्यापकका रुपमा एक कुशल व्यवस्थापक र समन्वयकर्ताको भूमिका मात्र नभई उहाँले नि.मा.वि. र मा.वि. तहका धेरै शिक्षकहरूलाई तालिम र प्रशिक्षण प्रदान गरी सक्षम शैक्षिक जनशक्ति निर्माणमा समेत योगदान गर्ने अवसर प्राप्त गर्नु भएको  साथै राजनीतिक घटनाक्रम यस क्षेत्रलाई वामपन्थी राजनीतिको मजबुत किल्लामा परिणत गर्न विशेष भूमिका निर्वाह  गरेका फुयालले  यस क्षेत्रको अत्यावश्यक समस्यालाई पहिलो प्राथमिक्तामा राखि काम गर्ने संकल्प बोकेका छन् ।

माध्यमिक शिक्षा आर्जनका क्रममा नै अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा होमिएर उच्च शिक्षा अध्ययनका क्रममा २०४१ सालमा पिपुल्स क्याम्पसको स्व.वि.यू. को सदस्य पदमा निर्वाचित हुनु भएको थियो । त्यसैगरी  वि.सं. २०४१ सालदेखि भूमिगत रुपमा सञ्चालित नेकपा एमालेको सङ्गठनमा आवद्ध भई संघर्षशील राजनीतिएमाले एमाले जीवन अघि बढाउनु भएको देखिन्छ भने नेकपा एमालेबाट एमालेमा रुपान्तरित पार्टीको गाउँ,इलाका, जिल्ला तहको नेतृत्व सम्हाल्दै हाल राजधानी प्रदेश कमिटीको सदस्य संसदीय यात्रा  २०७४ सालमा प्रदेश सभा सदस्य काठमाडौ   क्षेत्र नम्बर -२ को,  जिम्मेवारी निर्वाहा गर्दे आउँनु भएको हो । 
पूर्वाधारका अतिरिक्त सामाजिक र पर्यटकीय विकास खानेपानी, सडक स्तरोन्नति सँग -सगै भ्रष्टाचारमुक्त प्रशासन र पारदर्शी जीवनशैली बनाउँदै जनताप्रति उत्तरदायी नेतृत्वको भूमिका निर्वाहा गर्ने यात्रा तय गरेका फुयाँलले फागुन २१ को निर्वाचनमा ‘सूर्य’ चिह्नमा मतदान गरी आफूलाई विजयी गराउँन सम्पूर्ण मतदातालाई हार्द्धिक अपिल गरेका छन्।
भावि पुस्ताले समेत उत्कृष्ठ लाभ उठाउँन सक्ने भिजन भएका विकास प्रेमि फुयाललाई दिईएको मतदानले हामी सबैको समस्या सम्बोदन हुँने हुँदा अनिवार्य रुपमा मणिराम फुयाललाई मतदान गरी आफ्नो हकहितलाई सुनिश्चत गरौ।

तपाईको प्रतिक्रिया