आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

कोशिस मल्टिमेडिया
१७ घण्टा पहिले

Share

काठमाण्डौ, २४ फाल्गुण । आज ११६ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक बर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै आएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

यस बर्ष अन्तर्राष्ट्रिय नारी दिवसका लागि संयुक्त राष्ट्रसंघले “सबै महिला र बालबालिकालागि अधिकार, न्याय र कार्य “भन्ने रहेको छ । यस नाराले समाजमा रहेका संरचनागत अवरोध हटाउने, भेदभावपूर्ण कानुन अन्त्य गर्ने तथा महिला र बालबालिकाको अधिकार सुरक्षित गर्न कानुनी संरक्षण बलियो बनाउने विषयमा जोड दिएको छ ।

 

सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया