केपीवली सरकार

केपीवली सरकार
न्याय चाहिएको छ
बलात्कृत निर्मला निम्ति
एतिका दिन सम्म
न्याय नपाइएको छ
ती आमाको अनुहार हेरत
दयाले एकचोटि भित्रै देखि घेरत
तिम्रो हातमा
जनताले चुनेर पठाएको
शक्तिको रिमोट छ
त्यो भन्दा पनि
ठूलो कुरा जनतालालाई दिउसै
सपनामा शैर गराउने
तिमीमा आत्मा विश्वास ठूलो छ
त्यति टठिला तिमीलाई
त्यो रिमोट थिच्न चाहि
के ले रोक्यो सरकार ?
म छक्क परिरहेको छु !
तिमी त शत्रुलाई पनि
शिरमा राखेर
देशको फाईदाका लागि
जुटने मान्छे
खै तिम्रो बहादुरीपन कता अलमलियो ?
म छक्क परिरहेको छु !
हुनत,
मदन भन्डारी जस्ता नेता र
राजपरिवार जस्ताको
हत्यारा पत्ता लाउन नसकेको
देश हो यो
मलाई त्यति सारो थाहा भएन
राजसंस्था र राजनिति भित्र
खै कस्तो रणनितिको भेष थियो त्यो ?
तर
त्यो फुल्दै फक्रन नपाएकी
निद्रोष बालिकाका लागि
केपीवली सरकार
आफनै छोरी संझेर
तिनको अपराधिलाई घेर
सगरमाथाको उचाईमा
तिम्रो आत्मासम्मानलाई
हरपल बेर सरकार
देशका समग्र छोरीहरु
असुरक्षाले पिल्सिरहेका छन्
देशका तमाम आमाहरु
सन्तानको
पिडामा रुमल्लिएका छन्
त्यसैले
केपीवली सरकार
राजनितिलाई ब्यबस्थित
शासन पद्धति बनाउ
देशका समग्र छोरीलाई
सुरक्षा भित्र जमाउ
निर्मला सापकोटा सन्जेल
तपाईको प्रतिक्रिया