ओठ फुट्यो ? फुट्नबाट जोगाउन यसो गर्नुहोस्

जाडो मौसम सुरु भएसँगै जाडो बढ्न थालेको छ । जाडोमा छाला शुख्खा भई फुटुने गर्दछ । जसमध्ये ओठको छालालाई विशेष हेरचाह गर्नुपर्दछ । ओठ शुन्दरताको मेरुदण्ड हो । त्यसैले विशेष ख्याल गर्नुपर्दछ । चिसो मौसममा ओठ फुट्ने समस्या हुने भएकाले हाम्रो स– साना बानीव्यहारमा परिवर्तन गरे ओठ फुट्नबाट जोगाउन सकिन्छ ।
जोगाउने उपाय
१. ओठलाई घरी घरी चुस्ने वा चाट्ने गर्नुहुन्न । यसो गर्दा ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पु(याउँछ र ओठ फुट्दछ ।
२. चिसोमा बाहिर निस्कँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन ।
३. बाहिरी वातावरणमा जाँदा लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।
४. पानी धेरै पिउनु पनि यो समस्याबाट बच्ने उत्तम उपाय हो ।
५. जाडोमा दैनिक बदाम र सुन्तलाको सेवन गर्दा पनि यसबाट बच्न सकिन्छ ।
६. विभिन्न खाले घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सककहाँ गएर जचाउनुपर्छ ।
तपाईको प्रतिक्रिया