वर्षौ वितेछ आमा…..

दशैंमा रातो टिका
तिहारमा दाजुहरुलाई
मखमली माला नउनेको पनि त
वर्षौ वितेछ आमा,
के रहर, के बाध्यता, रफ्तारमा
गाउँबेसी धाएर काम गरी तिमीलाई
नयाँ रातो फरिया नकिन्देको पनि त
वर्षौ वितेछ आमा,
चाडवाडको मात्र के कुरा
तिमीसँगको विछोड पछि
खुशीको रौनकताले नसमाएको पनि त
वर्षौ वितेछ आमा,
हरेक वर्षको दशैंतिहारमा
मनभरीका पिडा विसाउदै
तिम्रै सम्झनाका शव्दहरुसँग
वात मार्न थालेको पनि त
वर्षौ वितेछ आमा……….!
तपाईको प्रतिक्रिया