हरेक तिहारले हामीलाई

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
हरेक तिहारले हामीलाई

Share

दीपावलीले सबैमा
उमङको लहर ल्याओस
फुलैफलको वहार जस्तै
मनभरी ढकमक्क छाओस

कागलाई
श्रद्धाको प्रसाद दिएझै
गाँईलाई लक्ष्मी मानि
सम्मानको माला भित्र लिएझै
हरेक तिहारले हामीलाई
श्रद्धा र सम्मानको अर्थ दिलाओस

गाँईलाई लक्ष्मी मानेर
पूँजा गरीरहदा
गोरुलाई गोर्वधन मानेर
पूँजाभरी रहदा
हरेक तिहारबाट हामीमा
समानताको शिक्षा पलाओस

फुलकामाला उनेर
घरका ढोका सजाएझै
आगन देखि चोटा कोठा
सफासुग्गर बनाएझै
हरेक तिहारले
मनका कोठा कोठा सजाउने
उत्साहा दिलाओस

दियोमा तेल भरेर
द्धिप बालिरहदा
अध्यारोलाई चिर्दै
उज्यालो पारीरहदा
हरेक तिहारले हामीमा
दियो भित्रको
तेल र बाति जस्तै बनि
जिम्वेवारी र कर्तव्यका
पाठहरु सिकाओस

निर्मला सापकोटा सन्जेल

तपाईको प्रतिक्रिया