समयको सदुपयोग कसरी गर्ने ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
समयको सदुपयोग कसरी गर्ने ?

Share

यहि तपाई जीवनमा साच्चिकै सफलता चाहानुहुन्छ भने तपाईले समयको महत्व बुझ्न जरुरी हुन्छ । समयको महत्व बुझ्नु भनेकै समयको सदुपयोग गर्नु हो । चाणक्यको अनुसार, जो व्यक्ति जीवनमा समयको ध्यान राख्दैन, उसको हात असफलता र पछुतो मात्र लाग्छ । बगेको खोला फर्केर आउँदैन तर्सथ  एकचोटि समय बितेपछि बित्यो बित्यो। त्यसैले जति समय पाएका छौं त्यसको सदुपयोग गर्नु नै बुद्धिमानी हो। तर समयको सदुपयोग कसरी गर्ने चार तरिका विचार गरौं। यी तरिकाहरूले  तपाईको सफलतामा  मदत गर्नेछ  ।

समयको सदुपयोग
– आफूले गर्नुपर्ने कुराहरूको सूची बनाउनुहोस्‌। जसले गर्दा काम फत्ते गर्न सहज हुन्छ ।
– फुर्सदको समयमा तपाईँलाई के गर्न मन लाग्छ, त्यसको पनि सूची बनाउनुहोस्‌। जस्तै : टिभी हेर्ने, घुम्न जाने, अध्ययन गर्ने इत्यादि ।
– योजना बनाउनुहोस्‌।  योजनाअनुसार चल्नुहोस्‌। साथीहरूले जमघटको लागि बोलाउँदा तपाईँले कहिलेकाहीँ ‘नाइँ’ भन्न  सिक्नुहोस् ।
– पहिला मेहनत गर्नुहोस्‌, पछि रमाइलो गर्नुहोस्‌

तपाईको प्रतिक्रिया