संसार देखाउने मेरी आमा

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
संसार देखाउने मेरी आमा

Share

प्रसव पिडाको भण्डारबाट
संसार देखाउने मेरी आमा
हातका औला समाती
क ,ख लेखाउने मेरी आमा
तिम्रो संस्कार र संस्कृतिलाई
म सधै सम्मान गर्छु
तिम्रो साहस र प्रेरणालाई
यो शरीरको
नशा- नशामा भर्छु
फरक छत भित्र
तिमी हामी रहेर के भो र ,आमा  ?
खुल्ला आकाश मलाई काफी छ
छोरीलाई जन्म दियौ
लाखौ दोषबाट तिमिलाई माफी छ
निर्धक्क साथ सधै हाँस आमा
तिम्रा लागि मैले
कमजोर मानसिक्ता हटाएर
पथ्थरमा नाम लेख्न बाकी छ

निर्मला सापकोटा सन्जेल

तपाईको प्रतिक्रिया