रायोको साग किन खाने ? यस्तो छ कारण……

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
रायोको साग किन खाने ? यस्तो छ कारण……

Share

रायोको साग नखाने र यसलाई नचिन्ने कमै मात्रमा होलान । तर यसको फाईदाबारे धेरैलाई थाहा नहुन सक्छ । रायोको साग स्वास्थ्यको लागि धेरै लाभदायक छ । यसले हाम्रो शरीरलाई विभिन्न खालका पौष्टिक तत्वहरु दिने काम गर्छ । हरियो साग पात त्यसै पनि स्वास्थ्यको लागि निकै लाभदायक हुने गर्छ ।

रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री पाइनछ । साथै भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ ।

मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोगका लागि यो  लाभदायीक हुन्छ ।

गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन K को कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि उपयुक्त हुन्छ ।

रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धो लगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

तपाईको प्रतिक्रिया