जागरण महिला अभियानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, समाज सेवी सविता उप्रेती सम्मानित

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
जागरण महिला अभियानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, समाज सेवी सविता उप्रेती सम्मानित

Share

मंसिर–५, काठमाडौं । “जागरण महिला अभियान” को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काँडाघारीमा बुधावार सम्पन्न भएको उक्त कार्यक्रम, कार्यक्रमका प्रमुख अतिथि तथा कागेश्वररी नगकारपालिकी उप–प्रमुख विन्दु पुडासैनी सिंखडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त संस्थाले  महिला शसक्तिकरणका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनहरुमा पनि निरन्तर अगाडि बढ्न आग्रह सहित  पूरुषप्रदान समाजमा भएको परम्परागत विकृतिलाई हटाउदै आम महिला एक जुट भई महिला हिंसाविरुद्ध आवाज उठाउदै समाज विकासका निम्ती महिलाहरुले नेतृत्व लिन आवश्यक रहेको बताउनुभयो ।

साविक गोठाटार हाल कागेश्वरी मनोहरा नगरपालिका नौ नम्वर वडाका वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि कुन्दन खड्काले महिलाहरुलाई शसक्त  ढङगले अगाडि बढ्न आग्रह गर्नुभएको छ । साथै उक्त संस्थाले कागेश्वरी नगरपालिका अन्र्तगतका सवै वडालाई विशेष कार्यक्षेत्र बनाउन सल्लाह सुझाव दिदै शुभकाना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमा जागरण महिला अभियानले विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई पनि सम्मान गरिएको छ । अटिजम भएका वालवालिकाहरुलाई अहोरात्र खटेर सेवा पुर्याएको भन्दै उप्रेतीलाई सम्मान गरेको हो । साथै कार्यक्रमका प्रमुख अतिथि तथा कागेश्वररी नगकारपालिकी उप–प्रमुख विन्दु पुडासैनि सिंखडालाई संस्थाले मायाको चिनो प्रदान गरेको थियो ।

समाजसेवी राधेश्याम खड्काले सहयोग स्वरुप रु. नगद एक लाखको चेक संस्थाकी  अध्यक्ष कला घिमिरेलाई हस्तान्तरण गर्नुभएको छ । जागरण महिला अभियानको भवन निर्माण  तथा भावी योजनाको लागि खड्काले उक्त रकम सहयोग प्रदान गर्नुभएको हो ।   साथै हाम्रो मेलमिलाप वचत तथा ऋण सहकारीले उक्त कार्यक्रमको लागि आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

सो कार्यक्रममा नौ नम्वरका वडा सदस्य डोलराज पोखरेल, सारा पुर्कुटी र हाम्रो मेलमिलाप तथा ऋण सहकारीका अध्यक्ष रामेश्वर दाहाल लगायतका विभिभिन्न संघ सस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित थिए ।

साधारण सभाले नयाँ नेतृत्व समेत चयन  गरेको छ । नयाँ नेतृत्वमा अध्यक्ष जानकी ऐरी सहित १५ जनाको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा शारदा कार्की, महासचिव शुशिला नेपाल सचिव मञ्जु ढकाल, कोषाध्यक्ष भागीरथी पन्त, सहकोषाध्यक्ष पार्वती गीरी, सदस्यहरुमा संगिता बुढथोकी, तारा गीरी, शारदा सञ्जेल, भगवती पाण्डे, चित्रा जोशी, सरिता दाहल शुशिला खतिवडा धुनु भुजेल रहेका छन् ।

महिला सञ्जाल बनाउने उद्देश्यले गोठाटार जनजाग्रीत माहिला समूह २०६७ सालमा मा सुरु गरी जागरण महिला अभियान स्थापना गरेर उक्त संस्थामा १८ वटा महिला समूहका प्रतिनिधिलाई समेटदै पाँच वर्षको आफ्नो कार्यकालमा महिलाहरुलाई आत्मानिर्भर बनाउने र  चेतना फैलाउने उदेश्यले सिपमूलक तालिम, जनचेतनामूलक तथा विकास निर्माण कार्यक्रमहरु सम्पन्न गरिएको निवर्तमान अध्यक्ष कला घिमिरेले बताउनुभयो ।

 

 

तपाईको प्रतिक्रिया