कपाल कलर गर्दा ध्यान दिनुपर्ने कुराहरु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
कपाल कलर गर्दा ध्यान दिनुपर्ने कुराहरु

Share

सामान्यतया अहिले  किशोरअवस्था देखि सवै उमेर समूहका महिला पूरुष दुवैले कपलामा कलर गर्ने  गर्छन् । कपालमा कलर गराएपछि मानिसको लुक्स नै परिवर्तन हुन्छ । तर कलर गर्नुअघि र पछि पनि हेरविचार गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । जसबाट कलर लामो समयसम्म जस्ताको तस्तै रहेसँगै कपाल विग्रीनबाट जोगिन्छ । कलर लामो समयसम्म राखिराख्न र कपला नविग्रीयोस् भन्नका लागि यी कुराहरुमा ध्यान दिनुहोस् ।

सर्वप्रथम कपाल स्याम्फुले राम्रोसँग धुने।

कपाल धोएपश्चात कलर गर्ने ।

कलर गरेपछि कपालमा हेयर ग्लास लगाउनुपर्छ । यस्तो गर्नाले पनि कपालको रंग धेरै दिनसम्म रहिरहन्छ ।

कलर प्रोटेक्टिभ स्याम्पुको प्रयोग गर्नुपर्छ । यो स्याम्पु लगाउनाले कलर लामो समय रहन्छ । यस्तो कपालमा हार्ड स्याम्पु या एन्टी डेन्ड्रफ स्याम्पु प्रयोग गर्नुहुन्न ।

स्याम्पु गरिसकेपछि कपालमा कन्डिसनर लगाउनुपर्छ । यसले कपाललाई साइनिङ गराइराख्छ । साथै, कपाललाई सूर्यको हानिकारक किरणबाट पनि बचाउनुपर्छ ।

कपाल जहिले पनि चिसो या हल्का तातो पानीले मात्र धुनुपर्छ । कपाललाई कहिल्यै पनि तातोपानीले धुनुहुन्न । तातो पानीले कपालको गुणस्तरमा असर पार्छ र कलर पनि जान्छ ।

सातामा एकपटक हेयर स्याम्पु ट्रिटमेन्ट लिनुपर्छ । यसले कपाललाई स्वस्थ राख्न पनि मद्धत गर्छ र ड्राई हुनबाट पनि बचाउँछ । कपाल झर्न पनि दिँदैंन ।

तपाईको प्रतिक्रिया