चामलको माडलले अनुहारलाई चम्किलो र मुलायम बनाउने तरिका यस्तो छ थाहा पाउनुहोस्

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
चामलको माडलले अनुहारलाई चम्किलो र मुलायम बनाउने तरिका यस्तो छ थाहा पाउनुहोस्

Share

अहिले अनुहार चम्किलो बनाउन, नरम बनाउन वा समग्र अनुहारको सौन्दर्यमा निखार ल्याउनका लागि धेरै मेहनत गरिरहेका हुन्छौ हामी। जसको लागि लागि सौन्दर्य बढाउन अनुहारमा लगाउने थरीथरीका क्रिमहरु प्रयोग प्रयोग गरिरहेको हुन्छौ।

बजारमा पाईने विभिन्न ब्राण्डको क्रिमहरुमा रसायनको मिश्रण हुन्छ । यसले प्राकृतिक सौन्दर्यलाई भने नष्ट गर्छ र अनुहारमा कृतिम सुन्दरता दिन्छ । साथसाथै यस्ता प्रसोधनले दीर्घकालिन रुपमा पाmईदा गर्दैन । त्यसैले अहिले प्राकृतिक रुपमै कसरी सौन्दर्य कायम राख्ने भन्ने कुरामा बढी सर्तक हुनुपर्छ । अतः प्राकृतिक सौन्दर्य खोज्नेहरुका लागि एउटा राम्रो विकल्प हुनसक्छ, चामलको माड ।

विशेषगरी चामलको माडले छाला कसिलो बनाउनुका साथै छालाको रोमक्षिद्रलाई कसिलो गर्छ ।

प्रयोग गर्ने तरिका

एक कप चामललाई राम्ररी सफा गरेर केहीबेर पानीमा भिजाउने ।

आधा घण्टा पश्चात्त जब चामलमा रहेको पौष्टिक तत्व पानीमा घुल्न थाल्छ, तब चामल राखेको भाडालाई ग्यासमा राखेर चामललाई पाक्न दिनु पर्छ ।

चामल पाकेपछि त्यसमा रहेको पानी (माड) लाई निकालेर चिसो हुनका लागि छोड्नु पर्छ । उक्त पानीले अनुहारमा हल्का हातले मसाज गर्ने  ।

बेसन वा चामलको पिठो मिसाएर पनि उक्त पानी प्रयोग गर्न सकिन्छ । यसबाहेक, यसलाई कपालमा पनि प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया