कुन व्लड ग्रुपले के खाना हुने के खाना नहुने थाहा पाउनुहोस् ।

आधुनिक विज्ञानले मान्छेको रक्त समूहलाई मुख्यतः चार भाग ए, वि, एवि र ओ मा विभाजन गरेको छ । यसलाई मध्येनजर गर्दै Dr. Adamo ले आफ्नो पुस्तक right for your types मा blood group ले आहारा चयन गर्न सकेमा स्वस्थ रहन सक्छ भन्ने कुरा उल्लेख गरेका छन् । त्यसै अनुरुप तयार पारेको आहार तालिका निम्नवमोजिम छ ।
Blood Group “A”
खना हुने
गहुँकोपरिकार, सवैखाले गेडागुडी, फलफुल, सागसब्जी, शहकारी भोजन ।
खाना नहुने
माछा, मासु, प्रेटिन, चिल्लो, अल्कोहल, चिया, कफी ।
ध्यान दिनुपर्ने कुरा
यस व्लड ग्रुपका व्यक्तिको immune system अत्यन्त संवेदनशील हुनाले कार्वोहाईड्र्ट मात्र राम्ररी पचाउन सक्छ । त्यसैले उपयुक्त आहार थारै मात्रामा समय समयमा खाने, भिडभाँड, हल्ला, नकारात्क सोच, कडा गन्ध, बढी चिसो, बढी तातो, लडाई–झगडाको दृश्य, बढी श्रमबाट टाढौ रहने र प्रशस्त निदाउने ।
व्यक्तित्व
यस रक्त समूह भएका व्यक्तिको व्यत्तित्व निम्न प्रकारको हुन्छ ।
– अरुको आवश्यकता प्रति चाहिनेभन्दा बढि नै श्रवेदनशील हुने ।
– असल स्रोता (अरुको कुरा सहन सक्ने सक्ने क्षमता)
– विश्लेषक
– सिर्जनत्मक
– गहिरो खोज तथा चिन्तशील
Blood Group “B”
खाना हुने
हरिया सागसब्जी, अण्डा, कम चिल्लो भएको दुग्ध पदार्थ चामल ।
खाना नहुने
मकै, गहुँ फापर, मुसुरो, गोलभेडा, बदाम, कुखुराको मासु ।
ध्यान दिनुपर्ने कुरा
खेल (टेनिस, मार्सल आर्ट, साईक्लिङ, हाईकिङ, गल्फ) मा ध्यान दिने । बुढेशकालमा विर्सिने रोगले सताउन सक्छ, त्यसको लागि cross Word puzzle new skill, language सिक्ने ।
Blood Group “AB”
खाना हुने
तोफु, समुन्द्री खाना, दुग्ध पदार्थ, हरिया सागसव्जी, फलफुल ।
खाना नहुने
कफी, अल्कोहल, ध्रुम्रपान प्रशोधित मासु ।
ध्यान खिनुपर्ने कुरा
यो रक्त समूहका व्यक्तिको stomach acid कम्ती हुनाले सजिलै पच्ने आहार थोरै मात्रामा समय समयमा लिईरहनुपर्छ । एकै समयमा starch protein नलिए राम्रो हुन्छ । दौड्नु, योग गर्नु स्वास्थ्यको लासग आवश्यक छ ।
व्यक्तित्व
यो रक्त समूहका व्यत्ति सपिङ गर्न अत्यन्त रमाउने स्वभावका हुन्छन् ।
“O” Blood
खाना हुने
अनाज, सागसब्जी, गेडागुडी, फलफुल, माछा, मासु, अण्डा ।
खाना नहुने
गहुँ तथा गहुँबाट निर्मित खानेकुरा, दुग्ध पदार्थ, कफी, अल्कोहल, आलु ।
ध्यान दिनुपर्ने कुरा
यस रक्त समूहका व्यक्तिको पाचन शक्ति बलियो हुने भएका कारण प्रोटिनयुक्त खाना सजिलै पच्ने भएकाले प्रशस्त मात्रामा यस्ता आहार लिन सक्छन् । यीनीहरुको immune system ले आलुलाई सहन नसक्ने भएका कारण आलुको प्रयोग नगरेको राम्रो हुन्छ । यदि आलुको प्रयोग बढी भएको खण्डमा Arthritis हुन सक्छ ।
मनोविद्ः महालक्ष्मी आचार्य
तपाईको प्रतिक्रिया