कागेश्वरी मनोहरा नगरपालिकाद्धारा महानगरीय प्रहरी प्रभाग काँडघारीलाई सिसि टिभी हस्तान्तरण

नारी कोसिस डटकम/मंसिर-१५, काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाले शान्तिपूर्ण एवं सुरक्षित समाजको लागि “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्र्तगत महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई सिसि टिभी हस्तान्तरण गरेको छ । नगरपालिकाले शनिवार काँडाघारीमा एक औपचारिक कार्यक्रम आयोजना गरी सिसि टिभी हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख महानगरिय प्रहरी परिसर काठमाडौका एस.एस.पि. वसन्त कुमार लामाले प्रहरीको जीम्मेवारीलाई प्रभावकारी ढङ्गले सम्पादन गर्न सिसि टिभीले सहजता प्रदान गरे सँगै “समुदाय प्रहरी-साझेदारी” कार्यक्रमले नागरिकको सुरक्षित समाज निर्माण गर्न सहज पु¥याएको बताउनु भएको छ । साथै एस.एस.पि. लामाले अपराधिक गतिविधि नियन्त्रण गर्न यो प्रविधि अत्यन्तै प्रभावकारी हुने बताउनुभो ।
कार्यक्रमका विशेष अतिथि तथा नगर प्रमुख कृष्ण हरी थापाले उज्यालो र सुरक्षित शहर नगरपालिकाको योजना अन्र्तगत रहेको हुँदा यसलाई व्यवस्थास्थित बनाउदै स्थानीय जनताको शान्ति सुराक्षाको लागि सिसि टिभी जडान गरिएको बताउनु भयो । आफ्नो गाउँ बनाउन नागरिक आफैले पनि सहकार्यको भूमिका खेलेमा विकासलाई छिटो पछ्याउ सकिने भएकोले विकास निर्माणमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यक रहेको नगर प्रमुख थापा बताउनुभएको छ ।
सोही नगरपालिका नौ नम्वर वडाका वडा अध्यक्ष कुन्दन खड्काले समाजमा भईरहेको अपराधिक गतिविधिलाई न्युनिकरण गर्न यो प्रविधिले केही हदसम्म सहजता प्रदान गर्नेमा आपूmहरुले अपेक्षा लिएको बताउनु भएको छ ।
उक्त सिसि टिभी नौ नम्बर वडा अन्र्तगत सात स्थानमा अठ्ठार वटा सिसि क्यामेरा जडान गरिएको र अरु थप तिस वटा सिसि टिभी वडा नम्वर ७, ८, ९ का लागि यसै योजना अन्र्तगत स्वीकृति भईसकेको काँडाघारी प्रभागका प्रमुख प्रहरी निरक्षक सुधिर राईले जानकारी दिनुभयो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा डि.एस.पि.नयाँवानेश्वर वृत्तका गोविन्दराज काफ्ले, नगरकार्यपालिका सदस्य कला घिमिरे, वडा नम्वर नौ का वडा सस्दय डोलनाथ पोखरेल, सारा पुर्कुटी, रामहरी गौतम लगायत अन्य वडाका जनप्रतिनिधि सहित विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया