रतन टाटाका जीवनोपयोगी भनाइहरु

रतन टाटा सफल व्यवसायी हुन् । टाटा गु्रपका पूर्व अध्यक्ष उनी प्रतिष्ठित राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित व्यक्तित्व हुन् । विशेष गरी उनी बिजनेस इथिक्सको लागि चिनिन्छन् ।
-म सधैं सही निर्णय लिइनुपर्छ भन्नेमा विश्वास राख्दिन । म निर्णय लिन्छु र त्यसलाई सही बनाएर छोड्छु ।
-हामीमा समान प्रतिभा हुँदैन । तर आफ्नो प्रतिभालाई उजागार गर्नको लागि समान समय र अवसर हुन्छ ।
-मानिसहरुले तिमीमाथि फ्याँकेका ढुङ्गाहरुलाई जम्मा गर र ती प्रहारहरुको लागि स्मारक निर्माण गरीदेउ ।
-फलामलाई अरु केही कुराले बिगार्न सक्दैन, तर त्यसकै खियाले बिगार्छ । त्यसरी नै व्यक्तिको जीवनलाई अरु केही कुराले बिगार्न सक्दैन, स्वयम् त्यही मानसिकताले बिर्गाछ ।
-अरुको नक्कल गर्ने व्यक्ति केही समयसम्म सफल देखिएला तर उ अगाडी बढ्न भने सक्दैन ।
-म सफल व्यक्तिलाई देख्दा खुशी हुन्छु । तर त्यो सफलता अरुप्रति निष्ठुर व्यवहारका साथ प्राप्त गरिएको हो भने म त्यो सफल व्यक्तिलाई सम्मान गर्न सक्दिन ।
-छिटो हिड्न चाहन्छौं भने एक्लै हिंड । धेरै पर पुग्न चाहन्छौ भने साथमा हिंड ।
-पैसा र शाक्ति मेरो जीवनको प्राथमिकतामा पर्दैनन् ।
-कम्पनी अथवा संस्थालाई सधैं चुनौती दिइरहनुपर्छ । तब मात्र संस्था अगाडी बढीरहन सक्छ ।
-मानिसहरु अझै पनि विश्वास गर्छन् कि, उनीहरुले पढेका र सुनेका कुरा सत्य हुन् ।
तपाईको प्रतिक्रिया