जनप्रतिनिधिले गरे किरियापुत्री दुई छोरीलाई आर्थिक सहयोग

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जनप्रतिनिधिले गरे किरियापुत्री दुई छोरीलाई आर्थिक सहयोग

Share

नारीकोसिस डटकम/पुस–२०, दाङ । तुलसीपुर ११ ज सपुरका २ क्रियापुत्री दुई छोरीहरुलाई तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् ।

जनप्रतिनिधिले आमा तारा विकको मृत्यपछि किरिया बसेका छोरीहरू आराधना र सदीक्षालाई घरमै पुगेर नगद १६ हजार ३०५ रुपैयाँ सहयोग गरेका हुन्। नगर उपप्रमुख माया आचार्यले उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन्।

छोरीले किरिया बस्नु हुन्न भन्ने गलत सामाजिक मान्यतालाई वदल्न सहास देखाउने किरियापुत्री छोरीहरुप्रति सबैले सम्मान व्यक्त गर्नुपर्ने आचार्यको भनाई थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य अमर नेपाली माइकल,महिला विकास कर्मचारी माया श्रेष्ठ, सुचना प्रविधि अधिकृत प्रशंसा देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

४० बर्षीया तारा विकको दमका कारण मंगलवार मृत्यु भएपछि दुई छोरीहरु आराधना र सदिक्षाले दागबत्ति दिएका थिए ।

तपाईको प्रतिक्रिया