बालविवाह गर्ने भारतीय नागरिकलाई एक वर्ष कैद

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बालविवाह गर्ने भारतीय नागरिकलाई एक वर्ष कैद

Share

नारीकोसिस डटकम/पुस–२०, सप्तरी । बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ ।

शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिनुभयो ।

भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेका मियाँ जिल्ला अदालतको आदेशमा गत जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

आरोपीले छिमेकी मुलुक भारतमा पु¥याएर २०७४ चैत २८ गते बालविवाह गरेको भन्दै बालिकाका बिजली मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । रासस

तपाईको प्रतिक्रिया