दाम्पत्य जीवन सुखमय बनाउने यी हुन १० सूत्र कोशिस मल्टिमेडिया ६ वर्ष पहिले Share दाम्पत्य जीवन सधै एकनासको हुदैन । कहिले कहिं सामान्य मनमुटावले ठूलै झगडाको रुप लिन्छ । त्यसले सम्बन्ध विर्गान सक्छ ।दम्पतीबीच यदाकदा ठाकठुक पर्नु सामान्य नै हो । तर, आपसी बैमनश्यता, इगो, अविश्वास, असहयोगले दाम्पत्य जीवन क्रमस तहसनहस बनाउँदै लान्छ । पति पत्नीले कहिले पनि दाम्पत्य सुख भोग गर्न सक्दैनन् । वैवाहिक सम्वन्ध दिगो हुन नसक्नुमा धेरै कारणहरु हुन सक्छन् । पति र पत्नीबीचको असमझदारी यसको प्रमुख कारण हो । यहाँ हामी वैवाहिक जीवनलाई दिगो बनाउने र विवाह सफल बनाउने १० सूत्रहरु प्रस्तुत गर्दैछौं । – सफल बिहेको सबैभन्दा ठूलो रहस्य हो, एक(अर्कालाई बढिभन्दा बढि समय दिनु । पति पत्नी जति लामो समय एकअर्कासँग बिताउँछन्, त्यति नै उनीहरु खुशी रहन्छन् । – शारीरिक अन्तरंगता, करिअरमा सफलता मात्रै सफल बिहेका रहस्य होइनन् । बल्कि पतिपत्नीले आपसमा एकअर्काप्रति सौहार्दपूर्ण भावना राख्नु, एकअर्कालाई बुझ्नु र आपसी समस्याहरुलाई सुल्झाउनु पनि हो । – कहिलेकाहीँ कुनै कारणले पतिपत्नी एकअर्काको विपरित अडानमा हुने र अलग विचार हुने कारणले आपसमा सौहार्द बन्न सक्दैनन् । बिबाहको बन्धनमा बाँधिनुभन्दा अगाडि यस्ता कुराहरुमा उनीहरुको ध्यान जाँदैन । यस्तोमा दुवैले एकअर्काको सोच र विचारलाई सम्मान गर्दै एक(अर्कालाई बुझ्नु आवश्यक हुन्छ । – एकअर्काको कामलाई महत्व दिनु र त्यसमा आफ्नो साझेदारी देखाउनु पनि सफल बिहेको रहस्य हो । – केवल आआफ्नो जिम्मेवारी निभाएर बिवाह सफल हुँदैन । बल्कि एक अर्कालाई बाहिर लैजाने, कहिलेकाहीँ सरप्राइज पार्टी दिने, सरप्राइज गिफ्ट दिने गर्दा पनि वैवाहिक सम्वन्धलाई सफल बनाउन सकिन्छ । – सफल बिहेको सबैभन्दा महत्वपूर्ण शर्त के हो भने तपाईंले कुनै तेस्रो व्यक्तिको अगाडि आफ्नो जीवनसाथीको अपमान वा दुव्र्यवहार गर्नु हुँदैन । बरु एकान्तमा लगेर सम्झाउनुपर्छ । – पति वा पत्नीमध्ये एक जना आवश्यकताभन्दा बढि समय घरबाहिर रहनु वा खाली काममा मात्रै फोकस गर्दा पनि वैवाहिक सम्बन्धमा खटपट सुरु हुन्छ । – सम्बन्धलाई हार्दिक बनाइराख्नका लागि कमसेकम वर्षमा दुई वा तीन पटक चारपाँच दिनका लागि बाहिर घुम्न निस्किनु राम्रो हुन्छ । – वैवाहिक सम्वन्धको सफलताको श्रेय मित्रवत व्यवहारलाई पनि दिने गरिन्छ । मित्रवत् सम्बन्धमा मात्रै दुवैले आआफ्ना कुरा एकअर्कासँग खुलेर गर्न सक्छन् । – शारीरिक सुखले पनि सम्वन्धमा घनिष्ठता ल्याउँछ । यद्यपि यो जरुरी छैन कि तपाईं हर समय शारीरिक सुखका बारेमा मात्रै सोच्नुहोस । कहिलेकाहीँ शारीरिक सुखभन्दा बढि भावनात्मक आत्मियता पनि महत्वपूर्ण हुन्छ । – पतिपत्नीले एक अर्काको आवश्यकतालाई महसुस गर्दै त्यसलाई पूरा गर्ने कोशिश गर्नुपर्छ । तपाईको प्रतिक्रिया