माघे सक्रान्तिमा खिचडी ! यस्तो छ फाईदा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
माघे सक्रान्तिमा खिचडी ! यस्तो छ फाईदा

Share

नारी कोसिस डटकम। माघे संक्रान्ति आउन अव केही दिन मात्र वाँकी छ । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ।
माघे सक्रान्तिमा घिऊ, चाकु, तरुल, तिलको लड्डुका साथै खिचडी पनि खाने प्रचलन छ । हाम्रो नेपाली समाजमा खिचडी विशेष गरी विरामी हुँदा खाने गरिन्छ । जसले गर्दा चाडपर्वमा पनि के खिचडी खानु भन्ने लाग्न सक्छ कतिलाई ।

घिउ, चाकु खानुको महत्व छुट्टै छ तर खिचडी खाँदा स्वास्थ्यमा यस्ता फाइदा पुग्छन् ।

१.शरिरलाई चाहिने पोषक तत्व भरपुर प्राप्ता गर्न सकिने ।

२. खिचडीमा मसलाको प्रयोग नगर्ने भएकोले यो सजिलै पच्छ । यदि तपाईंको पाचन तन्त्र कमजोर छ भने खिचडी तपाईंका लागि सबैभन्दा फाइदाजनक हुन्छ ।

३. खिचडीको नियमित सेवनले पित्त र कफको समस्या टाढा हुन्छ । खिचडीले शरिरलाई ऊर्जा दिने काम त गर्छ नै साथै यसले रोग प्रतिरक्षा तन्त्रलाई पनि बढाउने काम गर्छ ।

तपाईको प्रतिक्रिया