नेल्सन मण्डेलाका १० प्रेरक भनाइहरू

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेल्सन मण्डेलाका १० प्रेरक भनाइहरू

Share

नेल्सन मण्डेला दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति हुन् । मण्डेला सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति थिए र पहिलो दक्षिण अफ्रिकी राष्ट्रपति हुन् जो बहुसम्मिलित चुनावमा सबैबाट चुनिएका थिए।

मण्डेलाका १० प्रेरक भनाइहरू

१. एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

२. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।

३. जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।

४. जब कुनै खुसियाली मनाइन्छ तब आफू पछी र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउदछ तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन ।

५ शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।

६. सबैका लागि काम, रोटी, पानी र नुन होस् ।

७. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।
८. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।

९. चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट म जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।

१०.सफलता भनेको जति चोटि लडिन्छ उति चोटि उडेर अघि बडनेले नै प्राप्त गर्दछ ।

तपाईको प्रतिक्रिया