नेपालमा चालिस लाख मानिसहरु कुनै न कुनै मानसिक रोगले पिडित रहेका छन :महालक्ष्मी आचार्य (भिडियो सहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेपालमा चालिस लाख मानिसहरु कुनै न कुनै मानसिक रोगले पिडित रहेका छन :महालक्ष्मी आचार्य (भिडियो सहित)

Share

विश्व स्वास्थ्थ संगठनका अनुसार नेपालमा चालिस लाख मानिसहरु कुनै न कुनै मानसिक रोगले पिडित रहेका छन । ति पिडित गराउने कारक तत्व भनेको बायोलोजिकल,साइकोलोजिकल र इन्भाइरोमेन्टल फयाक्टरस नै हुन । मानसिक रोग कुनै अन्य सामाजिक तत्वमा पुगेको असरका कारण ,कुनै बंशाणुगत रुपमा ,कुनै शरीररका हर्मोनमा आएको बढि र घटि हुदा तथा कुनै शरीरका अंगहरु रोग लागि त्यसलाई निस्कासन गरिदा  यो रोग मानिसमा विस्तारै शुरु हुन थाल्दछ । जसलाई पहिचान गर्न उसको आनिबानि र खानपानबाट छुटयाउन सकिन्छ । मनममा अप्ठयारोपना सिर्जना हुनु अथवा मनले कुनै पनि विषय बस्तुमा कुनै प्रकारको असहज महसुस पन्ध्र दिन भन्दा बेसि दोहोरीएमा आफुलाई मानसिक रोग शुरु भएको बुझनु पर्दछ भन्ने कुरा मनो सामाजिक परार्मस दाता महालक्ष्मी आचार्य बताउनु हुन्छ ।

मानिसको शरीरमा नब्बे प्रतिशत रोग मनमा परेको असरबाट विचारमा आएको खराबीका कारण लाग्ने गर्दछ तसर्थ मनलाई जहिले पनि पिडामा सन्तुलन गरी आप्mनो जीवनशैलीमा सकारात्मक सोच विकास गरेर  आफनो स्वास्थ्थको लागि समय छुटयाई योग ,व्यायाम तथा पौष्टिक आहारमा ध्यान दिएमा तथा  गलत जीवनशैली र नकारात्क विचारबाट अलि टाडै  रहेमामा मानिस मानसिक रुपमा स्वस्थ्थ भएर समाजममा आफनो भूमिका खोज्न योग्य बन्ने कुरामा आचार्य जोड दिनुहुन्छ ।

भिडियो

तपाईको प्रतिक्रिया