आकर्षक तथा सौन्दर्यको लागि केही टिप्सहरु

नारी कोसिस डटकम । सुन्दर र आकर्षक देखिन फेसन मात्र पर्याप्त हुन्छ भन्ने भ्रम धेरै युवतीले पालेका हुन सक्छन् तर फेसनसँगै सौन्दर्य प्रसाधनको पनि उत्तिकै महत्व हुन्छ । कतिपय युवतीलाई कसरी, के र कस्तो तरिकाबाट मौसम अनुकूल सौन्दर्यर् सन्तुलित राख्ने भन्ने थाहा नहुन सक्छ । सौन्दर्य सन्तुलित राख्न अनेकौं विधि अपनाउन सकिन्छ ।
आकर्षक तथा सौन्दर्य देखिनका निमित्त केही टिप्सहरु प्रस्तुत गरेका छौः
जाडो याममा चिसोको कारण हाम्रो छाला सुख्खा हुन्छ । नियमितरूपमा अनुहारमा दूध लगायो भने अनुहारको सुख्खापनलाई हटाउन सकिन्छ । दुध छालालाई मुलायम तथा सौन्दर्य प्रदान गर्ने एक माध्यम हो । दूधमा हामीलाई आवश्यक पर्ने प्रशस्त चिल्लो पदार्थ पाइन्छ । जसको प्रयोगले प्राकृतिकरूपमै अनुहारलाई कोमल र नरम बनाउने गर्छ ।
अनुहारमा मह र गुलाब जलको ‘फेस प्याक’लगाउँदा पनि जाडोमा अनुहारको सुन्दरतालाई सुरक्षित राख्न सकिन्छ । यसका लागि दुई चम्चा मह र दुई चम्चा गुलाब जल मिसाई पेस्ट बनाउनु पर्छ । अनि यसलाई १५ देखि ३० मिनेसम्म अनुहारमा राखी पखाल्नु पर्छ ।
जाडोमा मेकअप गर्दा फाट्ने सम्भावना हुन्छ । यसका लागि मेकअप गर्नुभन्दा अघि अनुहारमा राम्रो ब्रान्डको मोस्चराइजरको प्रयोग गरेर मेकअप गर्नुपर्छ ।
जाडोमा कपालको रुखोपन पनि बढ्छ । यसका लागि नरिवल वा बदामको तेलले कपाललाई हप्तामा दुई/तीनपटक मसाज गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया