जाडोमा सुन्ताला खानुको फाईदा यस्तो छ, थाहा पाउनुहोस्…………

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जाडोमा सुन्ताला खानुको फाईदा यस्तो छ, थाहा पाउनुहोस्…………

Share

नारीकोसिस डटकम । सुन्तला, जाडो महिनामा पाइने र धेरै खाइने फलफूलमध्ये एक हो । सुन्तलामा धेरै मात्रामा  फाइबर, फोलेट, भिटामिन सी, पोटासियम र क्याल्सियम पाईन्छ । जसले स्वास्थ्यलाई धेरै फाइदा गर्छ।

बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ ।

सुन्ताला खादा हुने फाईदाहरु

१. सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

२. सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ ।

३. सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

४. सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ । यिनले मुटुको गतिविधिलाई सुचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउन सक्छ ।

५. सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

६. सुन्तलामा बढी मात्रामा पाइने क्यालसियमले दाँत र हड्डी बलियो राख्छ।

तपाईको प्रतिक्रिया