पाठेघरसम्बन्धी  निशुल्क स्वास्थ्य शिविर सम्मपन्न, एक सय दश जना महिलाहरु लाभान्वित….( भिडियो सहित )

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पाठेघरसम्बन्धी  निशुल्क स्वास्थ्य शिविर सम्मपन्न, एक सय दश जना महिलाहरु लाभान्वित….( भिडियो सहित )

Share

नारीकोसिस डटकम / माघ ६, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर सातले आयोजना गरेको एक दिने पाठेघरसम्बन्धी  निशुल्क स्वास्थ्य शिविर सम्मपन्न भएको छ ।

अमरसिंह चोकको शहरी स्वाथ्य केन्द्रमा आईतवार समपन्न भएको  निशुल्क शिविरबाट एक सय दश जना महिलाहरु लाभान्वित भएका छन् ।  उक्त शिविरमा  धरैजासो महिलाहरुमा सेतोपानी बग्ने समस्या रहेको पाईएको  सहभागी स्वास्थ्यकर्मी सत्य भण्डारीले बताईन् ।

महिलाहरुले स्तन र पाठेघर क्यान्सरका कारण मृत्युको मुखमा नपुगुन र समयमै त्यसलाई निराकरण गर्न सकियोस भन्ने उदेश्यलेअनिवार्य रुपमा वर्षमा एकपटक महिलाहरुले पाठेघरको स्वास्थ्य जाँच गर्नुपर्ने भएकोले वर्षेनी रुपमा निशुल्क यस्तो शिविर चलाउर्दै आएको र नगरपालिको सवै वडामा शिविर सेवा पुर्याउने योजना रहेको कागेश्वरी मनोरहा नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख लक्ष्मी कोईरालाले बताईन् ।

लक्ष्मि कोईरालाका अनुसार आठ देखि दश जना जेष्ठ नागरीकहरुले पनि पाठे घरको जाँच गरी प्रतक्ष रुपमा सेवा प्राप्त गरेका छन भने पाठेघर जाँच गरी समस्या देखिएका सबै महिलाहरुलाई निशुल्क औषधी वितरण पनि गरिएको छ ।

सो कार्यक्रममा सात नम्बर वडाका अध्यक्ष जीवन थापा, नगर कार्य पालिका सदस्य विन्दा राई, नगर पालिका सदस्य शर्मिला थापा लगायत अन्य स्वास्थ्थकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

भिडियो हेर्नुहोस् ।

 

तपाईको प्रतिक्रिया