१६ वर्षीया किशोरी बलात्कृत

नारीकोसिस डटकम/माघ ७, चितवन । चितवनमा एक किशोरी बलात्कृत भएकी छन् ।
मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालका अनुसार आईतबार धादिङको गोठी बजारमा सामान किनमेल गरेर किशोरी घर फर्किदै गर्दा जंगलमा एक अपरिचित युवकद्धारा १६ वर्षीया किशोरी बालकृत भएको हो ।
ती युवकले १० वर्षीया बालिकालाई लठ्ठीले टाउकोमा हान्दै लखेटेर १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिई बलात्कार गरेका थिए ।
बलात्कृत किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको फाउनडेसले जनाएको छ ।
चितवनको दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि मितेरी फाउन्डेसनको पहलमा काठमाडौंको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन् ।
पिडीत बालिकाको सम्पूर्ण उपचार गरी न्याय दिलाउन र अपराधीलाई पक्रेर हदैसम्मको कानुनी सजाय गर्न मितेरी फाउन्डेसनले सरकारसँग माग गरेको छ ।
तपाईको प्रतिक्रिया