गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? हुन्छ भने यस्तो उपायहरु अपनाउनुहोस् ।

नारी कोसिस डटकम /सवारी साधनमा यात्रा गर्दा केही व्यक्तिहरुलाई वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छ ।
बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा मानिस वान्ता गर्छन् । तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् ।
यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट आफ्ने कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ । यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ ।
गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट चापाई राख्दा वा मुखमा राखिरख्दा वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा हुन्छ ।
बान्ता हुनबाट बच्ने उपायहरु
-यात्रामा निस्कँदा पेट खाली नराख्ने
-पेट टन्न हुने गरी भारी चिज पनि नखाने
-अमिलो–पिरो खानेकुराबाट पनि टाढा रहने
-छिटो नपच्ने कुरा नखाने
-गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्ने
-गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्ने
तपाईको प्रतिक्रिया