दुःख के हो ? दुःख सम्बन्धी विभिन्न विद्धवानहरुको भनाई……

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दुःख के हो ? दुःख सम्बन्धी विभिन्न विद्धवानहरुको भनाई……

Share

नारी कोसिस डटकम । जीवन, सुख र दुखको समिश्रण हो । त्यसैले दुख पायो भन्दैमा आत्तिनु हुदैन र सुख पायो भन्दैमा पनि मात्तिनुहुदै हुदैन। जीवनमा आईपर्ने सुख र दुखलाई समाना गर्दै अगाडि वढे पक्कै पनि सफल र सार्थक जीवन जिउन धेरै कसरत गर्नुपर्दै । दुख के हो भन्ने विषयमा विभिन्न विद्यवानहरुको भनाईहरु प्रस्तुत गरेका छौं जसले तपाई जीवनमा नयाँ उर्जा थपिएको महसुुस गर्नुहुनेछ ।

दुख सम्बन्धी प्रसिद्ध भनाईहरु

१.जो तिम्रो लागि रुदैन, उसको लागि तिमीले आफ्नो आँशु खर्च नगर । –लरेन कनर्याड

२. दुख भनेको दुई बगैचा विचको पर्खाल जस्तै हो । त्यसलाई पार नगरी तिमी एउटा बगैंचाबाट अर्को बगैंचामा जान सक्दैनौ । –खलिल जिब्रान

३. हामीले दुःखलाई छेक्न बनाउने पर्खालहरुले खुशीलाई पनि टाढा बनाईदिन्छन् । -जिम रोन

४. जे गुमायौ, त्यो सम्झेर दुखी नवन । त्यो अरु कुनै रुपमा फेरी तिमीसँगै आउनेछ । -रुमी 

५. आँशु भनेको हाम्रो आत्माको लागि सुख्खायामको वर्षात जस्तै हो । -अल्फ्रेड अस्टिन

६. जब भ्रमको अन्त्य हुन्छ हामी त्यतिवेला सवैभन्दा दुखी हुन्छौं । -अर्थर कोस्टलर

७. तिमी आज आत्तालिएर भोलीको दुःखलाई कम गर्न सक्दैनौ । त्यसो गरेर तिमीले आज पाएको खुशीलाई पनि गुमाईरहेको हुन्छौं । -लिओ बस्काग्लिया 

८. रुनु भनेको आफ्नो मन र दिमागलाई सफा बनाउनु हो । –डिओं वार्विक

९. यदि दुःख हुदैन थियो भने खुशीको पनि महत्व हुदैनथ्यो । –कार्ल जंग

१०. दुखी आत्माले रोगले भन्दा छिटो मार्न सक्छ । -जोन स्टेनबेक

तपाईको प्रतिक्रिया