के मैदाले स्वास्थ्यालाई असर पार्छ ?

नारीकोसि डटकम। पौष्ट्रिकताले भरपुर गहुँको दानालाई मैदाको रुपमा पुर्याउंदा त्यसमा भएका १४ प्रकारका भिटामिन, १० प्रकारका खनिज तत्व तथा अत्यन्त महत्वपुर्ण प्रोटिन तत्वसमेत नष्ट हुन्छ मैदा निर्मार्ण गर्ने क्रममा गहुंको बाहिरी बोक्रा हटाई चम्किलोपन ल्याउनको लागि अक्सिकृत विधि अपनाइन्छ ।
यस विधिमा विभिन्न किसिमका ब्लिचिड. केमिकलको प्रयोग गरिन्छ । जुन केमिकलको प्रयोग गरिन्छ । जुन केमिकल मैदा बनिसक्दा पनि रहन्छ । यस्ता केमिकल मानव स्वास्थ्यका निम्ति अत्यन्त घातक सिद्ध भएका छन् ।
सेतो चामलमा जस्तै मैदामा पनि गहुंको बाहिरी बोक्रामा शरीरलाईृ चाहिने रफेज (रेसा) भिटामिन, मिनरल, प्रोटिन जस्ता तत्वहरु हुन्छन् । बाँकी रहेको तत्व भनेको कार्वोहाइड्रेट मात्र हो । सेतो चामलमा जस्तै योे पनि पच्ने क्रममा ग्लुकोजमा परिणत हुन्छ ।
ग्लुकोजलाई उर्जामा बदल्नुपर्छ । यो कार्य शरीरको कोषिकाले गर्छ । यसका लागि भिटामिनको आवश्यकता पर्दछ । भिटामिन सुगरलाई उर्जामा बदल्न सक्दैन । अनि मानव शरीर शक्तिहिन, रोगग्रस्त, कमजोर हुदै जान्छ ।
चोकरबिहिन मैदाको सेवन निरन्तर गरेमा कब्जियत तथा ग्याष्टिकको कारण आन्द्रामा मल विकार बढ्दै जान्छ । अन्तमाा आन्द्राको क्यान्सर जस्तो जघन्य रोग लाग्छ । त्यसैले मैेदा निर्मित खद्यवस्तुको उपयोग बन्द गरी चोकरयुक्त आंटाको प्रयोग गरौं र स्वास्थ भई बांचौं यति सुन्दर शरीरलाई रोेगको घर बन्नबाट जोेगाऔं ।
तपाईको प्रतिक्रिया