चियामा त्यस्तो के हुन्छ ?

नारी कोसिस डटकम/वैज्ञानिक खोज अनुसन्धानपछि चियामा तीन किसिमका विषालु तत्व भेटेका छन्, जसका कारण चिया पटक पटक पिउने इच्छा जाग्दछ । ती तीन तत्वहरु निम्न प्रकारका छन्
१. थाइन- चियालाई पानीमा बेस्सरी उमाल्दा त्यसमा भएको थाइन नामक विषाक्त पर्दाथ निस्कन्छ । चियामा बानी परेका व्यक्तिले यस्तो चिया पिउंदा शरीरमा हल्कापन आई क्षणिक आनन्दको अनुभूति हुन्छ तर यसले मान्छेको ज्ञानतन्तुमाथि नकारात्मक असर पार्छ ।
२. टेनिन– टेनिन यस्तो केमिकल हो, जसलाई बारम्बार सेवन गर्दा पाचन शक्ति नै कमजोर बनाउंछ । जसका कारण कब्जियत जस्ता जटिल रोग लाग्छ । यसले भोग नलाग्ने, निद«ा नलाग्ने हुदैं जान्छ । शरीरमा कमजोरीपन आउन थाल्छ । शरीरलाई पुन ताजा बनाउने बाहानामा मानिस चियाको नशामा डुब्दै जान्छ ।
३. क्याफिन– क्याफिन यस्तो पदार्थ हो, सूर्तिजन्य पदार्थमा पाइने निकोटिन समान हुन्छ । यसले विशेष गरी मान्छेको मुटुमा असर गर्छ । मुटु धड्कन बढाउंछ । यसको अधिक सेवनले मुटु नै बन्द गराउंछ, जसले मानिसको मृत्यु हुन्छ । मानिसलाई चियाको लत बास्नुका कारण पनि यहि क्याफिन नामक विषाक्त नै हो, जसले बारबार चिया पिउने इच्छा जगाउंछ । विभिन्न समयममा भएका वैज्ञानिक शोध, अनुसन्धानबाट चियामा पाइने थाइन, टेनिन र क्याफिन नामक विषालु तत्वले हाम्रो शरीरमा क्षणिक आनन्दको भान हुन्छ तर त्यसले पाचन अङ्ग कमजोर बनाई, पेट फुल्ने, दुख्ने, अरुची, कब्जियत, अपच, मुटुरोग, अनिद्रा जस्ता समस्या पैदा गर्ने निश्चित छ । यसरी अवगुण नै अवगुणले भरिएको चिया हाम्रो संस्कार, सभ्यता र परम्पार बन्नु भनेको मानव समाजको लागि जटिल समस्या हो । यसको विकल्पमा स्वस्थकर पेय पदार्थ सेवन गर्ने बानीको विकास गरौं । स्वस्थ रही बचौं ।
कतिखेर के पिउने ?
बिहान खाली पेटमा – मन तातो पानी
खाना पचाउन – मोही
कब्जियतमा – ताजा जुस
रगत बढाउनु परे – जमराको जुस
श्रम गर्नु परे – अग्र्यानिक ग्राीन टी
कलेजोको लागि – चुकन्दरको जुस
रगत सफा गर्न – चिराईतोको रस
फूर्तिलो रहन – कागती पानी
कमजोरी हटाउन – सुत्ने बेलामा गाईको दूध
महालक्ष्मी आचार्य ।
तपाईको प्रतिक्रिया