पानीको कमिले स्वाथ्यलाई असर पार्छ ?

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पानीको कमिले स्वाथ्यलाई असर पार्छ ?

Share

नारी कोसिस डटकम/मिनरलको मुख्य स्रोत पानी भएकाले पानीको कमीले शरीरमा मिनरल कम हुन जान्छ र विभिन्न शारिरिक तथा मानसिक रोगहरु लाग्न सक्छन्
–पानीको कमीबाट मुख गनाउने रोग सुरु हुन्छ ।
–शरीरको मासंपेशीहरु बाउंडिने र फर्किने हुन थाल्छन् ।
–खाएको खाना अपच भई कब्जियतको समस्या सुरु हुन्छ ।

हाम्रो शरीरले खाना, पानी हावा आदिबाट प्रशस्त कुराहरु लिएको हुन्छ । चाहिने कुरा शरीरले लिन्छ । कति कुरा पचाउन नसकेर शरीरमा त्यस्तै जम्दै जान्छ, जस्तै मल विकार युरिया युरिक एसिड जस्ता कुराहरु बाहिर निष्काशन गर्नुपर्ने हुन्छ । यदि शरीरमा पानीको कमी भयो भने यस्ता वस्तुहरु निष्काशन हुन नसकी शरीरभित्रै जम्मा हुदैं जान्छन् र शरीरका अंगहरुलाई रोग ग्रास्त पार्दै जान्छन् ।

त्यसैले पानी तरिका पुर्याएर शरीरलाई आवश्यक पर्ने मात्रामा पिउन सकियो भने शरीरका प्रत्येक अंग सफा हुदैं जान्छन् र रोग मुक्त अवस्थामा रहन्छन् । शरीरका आन्तरिक अगं प्रत्येङ्ग स्वस्थ हुनुको अर्थ हो । शारीरिक तथा मानसिक रुपबाट व्यक्ति स्वस्थ हुनु हो । मोटोपन हटाई स्लीम अवस्थामा रहनु हो ।

तपाईको प्रतिक्रिया