कोलड्रिङ्सदेखि होसियार !

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कोलड्रिङ्सदेखि होसियार !

Share

नारी कोसिस डटकम/आजभोलि विश्वभरि नै तहल्का मच्चाउन सफल भएको अझ विशेषगरी युवा जमातलाई आर्कषण गर्न सफल बजारीया कोलड्रिङ्स के साँच्चै पिउन योग्य छ त ? यस विषयमा निकै बहस, अधययन, अनुसन्धान भएको छ । यसबाट निस्किएको निकष्र्कलाई आर्युवेदज्ञ राजीव दीक्षितले सार्वजनिक गरेका छन् । यस निस्कर्ष अनुसार हाल बजारमा उपलब्ध कोलड्रिङ्को २१ प्रकारका मन्द विष हानिकारक केमिकलहरु मिसाइएको छन् । यी २१ प्रकारका हानिकारक केमिकलमध्ये पनि प्रमुख, जुन मानव शरीरको लागि अत्यन्त हानिकारक साबित भएका छन् ।

१.सोडियम मोनो ग्लुटामेट
२.पोटासियम सोरबेट
३.ब्रोमिनेटेड भेजिटेबल आयल
४. बेन्जाइट र इन्डोसल्फान

यी माथिको मुख्य घटकबाहेक पनि अन्य थुप्रै शरीरलाई हानि पुर्याउने केमिकलहरु कोलड्रिङसको राखिएका छन् । यी सबै केमिकलहरु मानव शरीरको लागि यति हानिकारक बनाउने कारक तत्वमध्येमा पर्दछ । एक गिलास कोक पेप्सी पिउंदा १०–११ चम्चा चिनी भनेको एक वयस्क व्यक्तिको लागि २४ घण्टामा आवश्यक पर्ने सम्पुर्ण क्यालोरी हो । दिनभरी खाइने खानाबाट प्राप्त गर्ने क्यालोरी एकै पटक पेटमा प्रवेस गर्दा त्यसलाई पचाउनका लागि शरीरले ठूलो मात्रामा क्याल्सियमको खापत गर्नुपर्ने हुन्छ । दिनहुं शरीरबाट बढी मात्रामा क्याल्सियमको कमी हुन जान्छ । जसका कारण दाँत तथा हड्डीमा प्वाल पर्दै जान्छ र शरीरको हड्डीहरु टुट्ने, फुट्ने हुदैें जान्छन् । कोकपेप्सी मात्र नभई चिनीको प्रयोग भएका खाद्यवस्तुको अधिक प्रयोग गर्नाले हड्डी सम्बन्धी रोग(अस्टियोपोरोसिस) लाग्ने संभावना बढी हुन्छ ।

एक गिलास कोकपेप्सीमा १०–११ चम्चा चिनी बराबरको गुलियो हुन्छ भन्दा अचम्ममा पर्नुहोला । त्येसो हो भने धेरै गुलियो हुनुपर्ने हो नि त । तर किन त्यति गुलियो हुदैंन न त कोक पेप्सी ? यसको कारण कोक पेप्सीमा प्रयोग गरिने कृतिम चिनीमा रहेको गुलियो स्वादलाई कम गर्नाको लागि फस्फोरिक एसिडको प्रयोग गरिएको हुन्छ । यसरी जिब्रोको स्वादलाई आकर्षण गर्नाको लागि मानविय स्वास्थ्यको ख्याल नगरी घातक प्रकारका केमिकलहरुको अन्नाधुन्ना प्रयोग गरिएका हुन्छ । यसमा अत्याधिक मात्रामा प्रयोग भएका चिनी कलेजोले छान्न सक्दैन । उक्त छान्न नसकेको सुगर रक्त बाहिनी नलीद्धारा रगतमा जान्छ ।

सोडियम मोनो ग्लुटामेट,पोटासियम सोरबोट, ब्रोमिनेटेड भेजिटेबल आयल जस्ता केमिकलहरुको शरीरका कोषहरुमा क्यान्सर रोगको उत्प्रेरकका रुपमा तथा क्यानसरकै कारण्क तत्वको रुपमा महत्वपुर्ण भूमिका खेल्न सफल हुन्छन त्यसैले क्षणिक स्वादका लागि हामीले आफ्नो शरीर माथि यस्तो अत्यचार नगरौं, जुन शरीर मार्फत हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौं। रोगी शरीरले केही गर्न सक्दैन । अत भविष्यमा निम्न राोगबबाट टाडै रहनको लागि कोलड्रिङे्सको सेवन नगरौं । कोलड्रिङ्सको सेवनबाट लाग्ने रोगहहरु–
–मधुमेह
–उच्च रक्तचाप
–मुटु रोग
–जोर्नी दुख्ने रोग
–हड्डी सम्बन्धी रोग
–क्यान्सर(विशेष गरी कलेजो)
–अनिन्द्रा
–मानसिक रोग
–वंशानुगत क्षय
–नपुंसकता
–ब्रेन ट्युमर
–मोटोपन

कोलड्रिङ्सलाई स्वामी रामदेवले ट्वाइलेट ल्किरको नााम दिएका छन् । उनले यो नाम त्यसै दिएका होइनन् । यसको पछाडि अध्ययन, अनुसन्धानबाट निस्किएको वैज्ञानिक आधार छ । कुनै पनि वस्तुको पी. एच. भ्यालुको आधारमा खान योग्य र अयोग्य भनी स्तार छुटा्इन्छ । यसैको आधारमा पानीको पि.एच भ्यालु ७ हुनुपर्ने विश्वव्यापी मान्यता छ । यसको मतलव त्यो वस्तुमा एसिडकोे मात्रा कति छ भनेर देखाइएको हो । शुद्ध पानीमा सल्फ्युरिक एसिड, नइट्रिक घटेर ६ हुन्छ भने यसमा अझै एसिडको मात्रा बढाउने हो भने पी. एचको स्तार अझै घट्दैे जान्छ । कोकपेप्सीमा पी.एचको २.४ मात्र रहेको तथ्य प्रमाणित भएको छ । ट्वाइलेटमा प्रयोग गर्ने हर्पिकको पनि पी.एच. को स्तार २.४ हुन्छ । यसरी हेर्दा कोकपेप्सी पिउन योग्य होला त ? के हामी आफ्नो पैसा खर्च गरी आफ्नै आफ्नै स्वास्थ्य नाश तत गरिरहेका छैंनौं ?

महालक्ष्मी आचार्य ।

तपाईको प्रतिक्रिया