बाजुरामा हिमपातले विद्यालयको छानो भत्कियो, पठनपाठनमा समस्या

नारीकोसिस डटकम/माघ १४, बजुरा । लगातारको हिमपातका कारण बाजुरामा विद्यालय भत्किदा विद्यालयको सामग्रीमा क्षति भएको छ । बूढीनन्दा नगरपालिका–३ को एक विद्यालय भवन भत्किँदा विद्यार्थीको दिवा खाजाको सामग्रीमा क्षति पुगेको हो ।
जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको र उक्त कोठा भत्किएपछि विद्यार्थीलाई चिसो मौसममा पठनपाठनमा समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक पदमलाल रेग्मीले बताए ।
बाजुरामा पाँच दिनदेखि भारी हिमपात भइरहेको छ ।
तपाईको प्रतिक्रिया