प्याब्सनद्वारा आयोजित “विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी” अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्याब्सनद्वारा आयोजित “विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी” अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share

नारीकोसिस डटकम/माघ १४, ललितपुर । गोदावरी प्याब्सनद्धारा आयोजित “विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी”  एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

मनोसामाजिक परामर्शदाता  महालक्ष्मी आचार्य र ग्रीष्मा पनेरुद्धारा सञ्चालित उक्त कार्यक्रम संग्रीला स्कुलको सभाहलमा सम्मपन्न भएको हो ।

विद्यालयमा अध्ययनरत वालवालिकामा देखिने व्यवहारिक विकासात्मक तथा मानसिक समस्याका वारेमा जानकारी दिनुका साथै यसको व्यवस्थापनका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम समापन पश्चात उक्त कार्यक्रमका आयोजक गोदावरी प्याब्सनका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले भने “कार्यक्रम सोचेभन्दा  बढी नै फलदायी रह्यो र हामीले बुझ्नुपर्ने कुरा धेरै रहेछन् ।”

सांग्रिला स्कुलका प्रिन्सिपल दीपक महर्जनले कार्यक्रमको निर्धारित समय भन्दा एक घण्टा लम्बिएको भए पनि यसको लागि समय कम भएको बताए ।

तपाईको प्रतिक्रिया