मोटोपना घटाउन यस्ता उपायहरु अपानउनुहोस् ।

नारी कोसिस डटकम/मोटोपना अहिलेको समयमा धेरै मानिसको लागी चिन्ताको बिषय हो । मोटोपनाले गर्दा मानिसहरु छिट्टै रोगी हुने गर्छन् । त्यसैले पनि आफ्नो शरीरको तौल एक्कासी बढ्न थालेपछि मानिसहरु निकै चिन्तित हुने गर्छन् । तौल घटाउनको लागी उनीहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तर तौल घटाउन खाना छाड्नु हुदैन । तौल घटाउने पनि एउटा छुट्टै नियम हुने गर्छन् । कहिलेकाँही तौल घटाउने क्रममा झन् तौल बढ्दै गएको पनि पाइन्छ ।
तौल घटाउँदा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् –
१.खाना घटाउने होइन । बरु, स्वस्थ्य एवं पोषणयुक्त खानेकुरा सेवन गरौं । ताजा र मौसमी फलफूल, सागसब्जीमा जोड दिनुपर्छ । यस्ता खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । शरीर स्वस्थ्य हुन्छ ।
२. बजारमा पाइने प्रशोधित खानेकुरा, जंकफूड, चिल्लो–चाप्लो खानेकुराले मोटोपन बढ्छ । यस्ता खानेकुरा पूर्ण रुपमा त्यागौं ।
३. दिनमा एक वा दुई छाक मात्र खाने होइन । दिनभरमा तीन/चार छाक खानेकुरा खाने । तर, हरेक पटकमा थोरै थोरै खाने गरौं । एकै पटकमा धेरै खानेकुरा सेवन गर्दा त्यसले मोटोपन बढाउँछ ।
४.सकेसम्म तारेको, भुटेको, मसलेदार खानेकुरा होइन, उसिनेको खानेकुरा सेवन गरौं । सागसब्जी उसिनेको खान सकिन्छ । सागसब्जीको रस सेवन गर्न सकिन्छ । फलफूल वा सलादको मात्रा बढाउन सकिन्छ । मोटोपन घटाउने प्रभावकारी उपाय हुन् ।
५.दिनचर्या सन्तुलित हुनुपर्छ, अनुशासित हुनुपर्छ । बिहान चाडै उठ्ने, व्यायाम गर्ने गरौं । बेलुकी चाडै सुत्ने गरौं । राती लामो समयसम्म बस्दा भोक लाग्छ । खानेकुरा खाइन्छ । त्यसले शरीरमा अतिरिक्त खानेकुरा भण्डारण हुनुपुग्छ, जो मोटोपनको कारण बन्छ ।
६.शारीरिक श्रम गरौं । एकै ठाउँमा लामो समय बस्ने नगरौं । केही न केही शारीरिक क्रिया गरौं । कार्यलय वा घरमा बस्दा पनि उठ्ने, हिँड्ने गरौं ।
तपाईको प्रतिक्रिया