सिस्नोमा प्रचुर मात्रामा पौष्टिक तत्व
नारी कोसिस डटकम/सिस्नो औषधीय गुणयुक्त पोल्ने झार वनस्पति हो । सिस्नो नेपालको मध्यपहाडी क्षेत्र तथा उपत्यकामा पाइने गर्दछ । आलो सिस्नोमा हुने फर्मिक एसिड र हिस्टामाइनले पोल्ने काम गर्छ । यसर्थ, यसलाई खासै प्रयोगमा ल्याइँदैन । यद्यपि, सुकाएमा वा उमालेमा ती तत्व नष्ट हुन्छन् । अनि, खाना सकिन्छ ।
मध्य पहाडी क्षेत्रहरुमा जति चाहिदो पाईन्छ । घर वरिपरि खाली ठाउंहरुमा उम्रिन्छ । सिस्नु एउटा बोट रोप्यो भने अर्को पल्ट रोप्नु पदैन । सिस्नुको फूल फुल्छ तेही फूल छिपेपछि गेडा बन्छ गेडा झरिकेपछि सिस्नु उम्रिन्छ ।
पोषण तत्व.
सिस्नोमा फलाम,आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । तर, सहरका पाँचतारे होटेलहरूको मेनुमा भने सिस्नोको तरकारी भेटिन्छ । त्यस्तै, ठूला–ठूला सुपरमार्केटमा सिस्नोको धुलो सजिलै पाइन्छ ।
औषधीय गुण
*सिस्नोमा प्रशस्त मात्रामा फलाम पाइने भएकाले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।
*कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ ।
*पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ । साथै, अपचको समस्या समाधान गर्छ ।
* हाडजोर्नी दुखे वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ ।
* सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।
* यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
उपयोग विधि
* सिस्नो बहुउपयोगी वनस्पति हो । विदेशमा यसको अत्यधिक माग हुने भएकाले खेती गरेर निर्यात गर्नसमेत सकिन्छ । सिस्नो जति काट्यो त्यति नै पलाउने गर्छ । त्यसैले यसलाई उत्पादन गर्न सहज छ । सिस्नो विशुद्ध अर्गानिक उत्पादन हो । यसमा विषादीको कुनै डर हुँदैन ।
*सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।
* सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने । उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।
*सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याँख्लासँग मज्जाले खान सकिन्छ ।
तपाईको प्रतिक्रिया