मानव स्वास्थ्यलाई महले फाइदा गर्छ, यस्ता छन् फाइदाहरु हेर्नुहोस्।

नारी कोसिस डटकम/मानव स्वास्थ्यलाई महले धेरै फाइदा पुर्याउछ । मह हाम्रो लागी कुनै नयाँ खानेकुरा हैन । महलाई हामी विभिन्न कामको लागि प्रयोग गर्ने गर्छौं । यो स्वास्थ्यको हिसाबले निकै लाभदायक छ । यसले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न खालका समस्याहरुको समाधान गर्न मद्धत गर्छ । मह खाइरहने भएता पनि हामीलाई महले के- के फाइदा पुर्याउँछ भन्ने कुरा कम नै थाहा हुन्छ । महलाई सहि तरिकाले कसरी प्रयोग गर्ने भन्ने कुरा पनि कमै मानिसलाई थाहा हुन्छ । महको उपयोगी बारेमा तपाई थाहा पाउनु भयो भने यसलाई छुट्टाउनु हुदैन ।
मह स्वास्थ्यको लागि उपयोगी हुनुको कारणहरु यस प्रकार छन :
– महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्व पाइने भएकाले शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।
– महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन ।
– खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको बिस्तारै हुन्छ ।
– सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ ।
-आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।
– कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठीक हुँदै जान्छ ।
– दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।
-शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ ।
मह खानाले रक्तअल्पता समस्या हटेर जान्छ ।
-शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन ।
तपाईको प्रतिक्रिया