बच्चाहरु धेरै रुन्छन् भने यस्ता उपायहरु अपनाउनुहोस् ।
नारी कोसिस डटकम/सानो बच्चा रुनु स्वाभाविक नै हो। उनीहरु स–सानो कुरामा पनि रुने गर्छन्। तर, यदि तपाइको बच्चा धेरै नै दिनभर रुने गर्छन् भने उनीहरुको स्वास्थ्यमा कुनै समस्या आएको हुनसक्छ ।
बच्चाहरु बोल्न नसक्ने भएकाले उनीहरु आफ्नो पीडाहरु रोएर देखाउँने गर्छन् । आफूमा आएको कुनै पनि समस्या र चाहानालाई उनीहरु रोएर बुझाउन खोज्छन् । हामी यस कुरा नबुजेर झर्को मान्ने गर्छौं । यस्ता कुराहरु हामीले बुज्नुपर्छ । आमाहरुले धेरै रोको भनेर पिट्ने पनि गर्छन। बच्चालाई शान्त बनाउन धेरै आमाहरुलाई गाह्रो हुन्छ । उनीहरु विभिन्न उपायहरु अपनाउने गर्छन् ।
यस्तो समस्या समाधान गर्न नयाँ र प्रभावकारी उपाय पत्ता लागेको छ । स्वीडेनको लुंड युनिभर्सिटीमा रोइरहेको बच्चालाई शान्त गराउने बारे अध्ययन गर्ने प्रमुख सोधकर्ता काज्सा लडग्रेनले अकुपंँचर नै सबैभन्दा उत्तम उपाय भएको जनाएका छन् ।उनी भन्छन्, जो बच्चा दिनमा तीन घण्टा भन्दा बढी रुने गर्दछन् उनीहरुको लागि अकुपँचर सबैभन्दा उत्तम उपाय हो ।’
रोइरहेको बच्चाको पैँतालाको औंलाहरुमा ३ मिनेटसम्म दबाउने हो भने उनीहरु रुवाइ कम हुन्छ । पेटमा दुखाई, टाउकोमा दुखाई र पेटमा ग्याँस भरिने समस्याले बच्चाहरु रोएको हुनसक्छन् ।यस्तो अवस्थामा अकुपंचर नै सबै भन्दा उत्तम उपाय हो भनि जनरल एकुपचर इन मेडिसिनमा प्रकाशित अध्ययनमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया