राम्रो निन्द्रा नपर्दा शरीरमा धेरै समस्याहरु देखिन्छन् ।

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
राम्रो निन्द्रा नपर्दा शरीरमा धेरै समस्याहरु देखिन्छन् ।

Share

नारी कोसिस डटकम/ स्वस्थ्य जीवनका लागि हावा, पानी र खाना अती अत्यावश्यक छ, त्यति नै आवश्यक छ निन्द्रा । निन्द्राको माध्यमबाट रातको समय शरीरले विश्राम, आराम गर्ने हो । दैनिक सातदेखि आठ घण्टासम्म मस्त सुत्नुपर्ने बताइन्छ, तर विभिन्न कारणले मानिस निदाउन सक्दैनन् । यसमा शारीरिक तथा मानसिक कारणले भूमिका खेल्छन् । जब हामी शारीरिक वा मानसिक रूपले रोगी हुन्छौँ, हाम्रो निन्द्रा भाग्छ । तर स्वस्थ्य जीवनका लागि निन्द्रा अपरिहार्य हुन्छ । मानव मनमस्तिष्कलाई ताजा राख्न पनि पर्याप्त निद्रा आवश्यक पर्छ । गहिरो निद्रामा हुँदा हाम्रो शरीरले विषाक्त पदार्थहरुलाई सफा गर्छ
राम्रो निन्द्रा नपर्दा शरीरमा यस्ता समस्या देखिन्छन्:

आँखामुनि कालो घेरा –  राम्रो निन्द्रा नपर्दा हाम्रो छालाले पहिले संकेत दिन्छ, त्यसको असर पहिला छालामा देखिन्छ । आँखामुनि कालो घेराले निन्द्रा पूरा नभएको संकेत दिन्छ ।

दिनभर थकान – राति राम्ररी राम्रो निन्द्रा आएन भने शरीरमा थकान पैदा गर्ने केमिकलको उत्पादन बढ्छ । शरीरको अंगहरु शिथिल भएको महसुस र दिन भरी थकाइ लाग्छ। बारम्बार हाई –  हाई आउँछ । आँखा दुख्ने, टाउको भारी हुने, भोक नलाग्ने, काम गर्न मन नलाग्ने जस्ता थुप्रै समस्या आउँछन् ।

मानसिक असन्तुलन –  निद्रा राम्रो आएन भने हाम्रो मानसिक अवस्थामा असर गर्छ र धेरै दिनसम्म यस्तो भयो भने ‘मुड डिसअर्डर’ को शिकार हुने खतरा हुन्छ । हामी निन्द्राको  बेलामा आफ्नो भावनात्मक सूचनाहरुलाई  प्रशोधन गरिरहेका हुन्छौँ । यी सूचनाहरू स्मरणका रूप हाम्रो मस्तिष्कमा ‘स्टोर’ हुन्छन् । निन्द्रा पूरा नभएको अवस्थामा यो प्रक्रिया गडबड हुन्छ र मुड डिस्अर्डर तथा अन्य भावनात्मक समस्याले सताउँछ ।

स्मरणशक्ति ह्रास –  धेरै अनुसन्धानबाट पुष्टि भइसकेको छ कि निद्रा पुरा नहुँदा हाम्रो स्मरणशक्ति कमजोर हुन्छ । गहिरो निन्द्रामा रहेको बेला दिमागले आफूलाई ‘रि–सेट’ गर्छ । निन्द्रा पुरा नहुँदा दिमागको यो प्रक्रियामा बाधा पुग्छ । निन्द्राको कमीले तन्तुहरुमा क्षति पुग्छ र तिनीहरूको कार्यक्षमता प्रभावित हुन्छ । यसले अन्तत  हाम्रो स्मरणशक्तिलाई हानि पुर्‍याउँछ । लामो समयसम्म भरपूर निद्रा लिइएको छैन भने अल्जाइमर जस्तो समस्या पनि आउन सक्छ ।

मोटोपना – राति अबेरसम्म निद्रा लागेन भने बिहान समयमा उठ्न सकिँदैन । प्रभावित बन्छ । निन्द्रा पूरा नभएको बिहान ढिला उठ्ने व्यक्तिहरूले बिहानै करिब ६७० क्यालोरीभन्दा बढी खाने अध्ययनहरूले देखाएका छन् । निद्राको कमीले गर्दा शरीरको वजनलाई नियन्त्रण गर्ने लेप्टिन नामक हार्मोनको स्तर कम हुन्छ र मोटोपना तीव्र रूपमा बढ्छ ।

हृदयाघातको सम्भावना –  पर्याप्त रूपमा आराम नमिले शरीरमा खराब कोलेस्ट्रोलको  मात्रा बढ्छ । यसले गर्दा उच्च रक्तचापको समस्या उत्पन्न हुनसक्छ । पछि हार्ट अट्याक, हार्ट फेलियर र अनियमित धड्कनको खतरा पनि उत्पन्न हुन्छ ।

तपाईको प्रतिक्रिया