स्वस्थ बच्चा जन्माउनका लागि ध्यान दिनुपर्ने कुराहरु ।

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
स्वस्थ बच्चा जन्माउनका लागि ध्यान दिनुपर्ने कुराहरु ।

Share

नारी कोसिस डटकम/हरेक आमाबाबुले उपयुक्त वजन भएको , हँसिलो, निरोगी, राम्रो बच्चा पाउने परिकल्पना गरेको हुन्छ । तरपनि, करिब ३० प्रतिशत बच्चा जन्मदा कम वजनको जन्मने, केही विकलाङ्क भएका, केही अपाङग भएका र कतिपय जन्मदै रोग लिएर जन्मिएका हुन्छन् । करिब आधा जति मात्र स्वस्थ शिशु जन्मिन्छन् ।

वजन पुगेको र समयावधि पूरा भएको निरोगी बच्चालाई हुर्काउन जति सजिलो हुन्छ त्यति नै समस्यायुक्त बच्चा हुर्काउन गाह्रो छ । रोगी बच्चाले बाबु–आमाको समय, पैसा तथा मानसिक चिन्तनका उपजको धेरै वर्वाद गर्दछ । हुर्काउन बढाउन धेरै गारो तथा कष्ट हुन्छ ।

स्वस्थ बच्चा कसरी जन्माउने :

बाबु आमाले निरोगी बच्चा जन्मन तथा हुर्कनका लागि स्वस्थ जीनहरु, उपयुक्त उमेर, भ्रूणको गर्भावस्था रहँदाको आमाको स्वास्थ्य स्थिति, पोषण, जन्मदा खेरि सुरक्षित सुत्केरी, नवजात अवस्थाको स्याहार, स्तनपान, समयमै विभिन्न रोगविरुद्धका खोपहरु, उपयुक्त वातावरण र उचित शिक्षाको आवश्यक पर्दछ ।

स्वस्थ जीवनका लागि पहिले निरोगी केटाले निरोगी केटीसँग उपयुक्त समयमा विवाह गर्नुपर्दछ । एक तथ्यांकअनुसार ५० प्रतिशत मात्र पूर्णरुपले शारीरिक, भौतिक तथा मानसिक रुपले स्वस्थ छन् र बाँकी साना तथा ठूलो केही रुपमा रोगले ग्रस्त छन् ।

यसैगरी उपयुक्त उमेरका कारण पनि स्वस्थ बच्चा जन्मन्छन् । महिला १५ वर्षदेखि ४५ वर्षको उमेरसम्म अर्थात् ३० वर्षसम्म प्रजननको हिसाबले सक्रिय हुन्छन् । तर, डाक्टरी हिसाबले सन्तान प्राप्तिका लागि सबैभन्दा उपयुक्त उमेर २० देखि २५ वर्षको हो ।

ध्रुबसत्य कुरा के हो भने, २० वर्षभन्दा पहिले महिला वा पुरुषको शारीरिक मानसिक विकास पूर्णरुपले भइसकेको हुँदैन । र, ३५ वर्ष नाघिसकेपछि महिला र पुरुषमा प्रजनन प्रणालीमा क्रमसः ह्रास हुँदै आउँदछ र कल्पना गरेजस्तै स्वस्थ बच्चा जन्मन सक्दैन ।

बच्चा जन्माउने उचित समय हेरेर जन्मनु पर्दछ । त्यसैले २० वर्षभन्दा पहिलेका र ३५ वर्षपछि जन्मेका बच्चाहरुमा केही न केही शारीरिक, मानसिक तथा वौद्धिक विकृति हुन सक्छ ।

तपाईको प्रतिक्रिया