बच्चालाई स्तानपान गराउंदा धेरै कुराहरुको ख्याल राख्नोस् ।

नारी काोसिस डटकम/बच्चा जन्मिसकेपछि अरु केही खुवाउन मिल्दैन । आमाको दूध खुवाउनुपर्छ । बच्चाको वृद्धि विकासको लागि आमाको दूध अतिआवश्यक छ । आमाको दूधमा बच्चालाई चाहिने सबै खालको पौष्टिक तत्व पाइन्छ । त्यसैले स्तनपान गराउन कुनै पनि प्रकारको लापरवाही गर्नु हुँदैन ।
पहिलो पटक सुत्केरी भएका महिलाहरुलाई स्तनपान गराउन अप्ठ्यारो हुने गर्छ । स्तनपान असजिलो पाराले गराउँदा बच्चाले राम्रोसँग दूध चुस्न पाउँदैनन् । त्यसैले स्तनपान कसरी गराउने भन्ने कुरा पनि महिलाले जान्नुपर्छ ।
सकेसम्म आमाले निहुँरिएर स्तनपान गराउनु हुँदैन । यसरी स्तनपान गराउँदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ । आमाले सुतेर पनि स्तनपान गराउँनु हुँदैन । किनकी सुतेर स्तनपान गराउँदा आमाको स्तनले नाक थुनिएर सास फेर्न गाह्रो भई बच्चाको मृत्यु समेत हुनसक्छ । त्यसैले यस्ता कुरामा निकै नै ख्याल गर्नुपर्छ ।
दूध खाइसकेपछि बच्चालाई माथि उठाएर डकार गराउनु पर्छ । बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार्दा हावा बाहिर फालिन्छ, अनि खाएको दूध स्वच्छ भई वान्ता हुनबाट पनि रोकिन्छ ।
सकेसम्म बोतलको दूध बच्चालाई खुवाउनु हुँदैन । खुवाउनै पर्ने बाध्यता भए चम्चा मार्फत खुवाउने । किनकी बोतलको सरसफाई नपुगेमा बच्चालाई संक्रमण भई विभिन्न रोग लाग्न सक्छ ।
राति बच्चालाई सुताउँदा बच्चाको मुखमा निप्पल राखिराख्नु हुँदैन । यसले संक्रमण गराउन सक्छ । स्तन वरपर घाउ, खटिरा आएमा सोही स्तन निचोरेर दूध लगाएमा औषधिको काम गर्ने गर्छ ।
बच्चाले दूध चुस्न नसके स्तन निर्चोनुपर्छ । नत्र त्यही दूध गान्निएर पाक्ने सम्भावना हुन्छ । समय नपुगि जन्मेको बच्चालाई धेरै समय गान्निएर बसेको आमाको दूध खुवाउँनु हुँदैन । उक्त दूध निकै बाक्लो हुने भएकाले एकैपटक बच्चाले पचाउन सक्दैनन् । सुरुको दूध फालेर मात्रै खुवाउनुपर्छ ।
तपाईको प्रतिक्रिया