ज्वरो के हो ? समाधानका उपायहरु के – के हुन् ।

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ज्वरो के हो ? समाधानका उपायहरु के –  के हुन् ।

Share

नारी कोसिस डटकम/सामान्य भाषामा भन्नुपर्दा शरिरको तापक्रम सामान्य भन्दा बढ्नु वा धैरै हुनु नै ज्वरो हो । मेडिकल भाषामा भन्नुपर्दा शरिरमा किटाणुको संक्रमण वा औषधीको प्रतिक्रिया स्वरुप ज्वरो आउने गर्दछ । शरिरको सामान्य तापक्रम ९८।६ डिग्री फरेनहाइट हुन्छ  र जब शरिर कुनै संक्रमणसँग लडिरहेको हुन्छ, तब तापक्रम बढ्ने गर्दछ । ज्वरो जुनसुकै रोगहरुको प्रारम्भिक लक्षण हुनसक्छ ।

ज्वरो आउने कारणहरु :

१. चिसो, रुघा, मर्कि वा फ्लू

२. कान, दाँत दुख्दा

३. ब्रोङ्काइटिस

४. घाँटीको समस्या

५. पिसावको इन्फेक्सन, आदि

ज्वरो आए यस्ता उपायहरु अपानउनुहोस् ।

सबैभन्दा पहिला कति ज्वरो आएको छ त्यो जान्न जरुरी छ । थर्मोमिटरको प्रयोगले कति ज्वरो आएको छ भनेर पत्ता लगाउने । यादि ज्वरो १०१ डिग्री भन्दा कम छ भने त्यसलाइ सामान्य मान्न सकिन्छ र सो भन्दा माथि ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था वा क्लिनिकमा गएर जचाउँनु पर्दछ अथवा  घरायसी प्रथामिक उपचारहरु गर्न सकिन्छ । जस्तै : आराम दिने खानेकुराहरु, चिसो पानीको पाट्टी निधारमा, काखीमुनी, हातमा र खुट्टा पैतलमा इत्यादि गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया