एक्सरसाइज बितिकै सोडा पानी पिउनु घातक

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
एक्सरसाइज बितिकै सोडा पानी पिउनु घातक

नारी कोसिस डटकम/केही व्यक्तिमा एक्सरसाइज गरे लगत्तै कोल्ड ड्रिक्स या सोडा पिउने बानी हुनसक्छ । थाकेको बेलामा यसले प्यास मेटाउन सघाएझैँ पनि लाग्न सक्छ । तर अमेरिकी जर्नल अफ साइकोलोजी रेगुलेटरीमा छापिएको एक सोधका अनुसार यस्तो बानी किड्नीका लागि खतरनाक देखिएको छ ।

एक्सरसाइज गर्दा प्यास लागे मन तातो पानी पिउँदा फाइदा हुन्छ । कोल्ड ड्रिक्स या सोडा भने स्वास्थ्यका लागि हानिकारक हुन्छ। फाइदा भन्दा बेफाइदा नै बढी हुन्छ ।

६ सय मिलिलिटर सोडामा २ सय ४० क्यालोरी हुन्छ । यदि हरेक दिन एउटा सोडा या सफ्ट ड्रिक्स पिउने हो भने एक वर्षमा करिब साढे ६ किलो तौल बढ्छ । यसले क्यान्सरदेखि मुटुको रोगसमेत बढाउँछ ।

सफ्ट ड्रिक्स दाँतका लागिसमेत हानिकारक देखिएको छ । दाँतमा रहने ब्याक्टेरियाको खान्की गुलियो हो । चिनी खाएर ब्याक्टेरियाले एसिड बनाउँछ । यसले दाँतको इनामेलमा असर पार्छ ।

तपाईको प्रतिक्रिया